काठमाण्डौ – न्युजिल्यान्डसँगको टी–२० शृङ्खला बङ्गलादेशले जितेको छ । आज भएको चौथो खेल ६ विकेटले जितेसँगै पाँच खेलको शृङ्खला बङ्गलादेशले एक खेलअघि नै तीन–एकले जितेको हो ।
आज ढाकाको शेर ए बङ्गला स्टेडियममा न्युजिल्याण्डले दिएको ९४ रनको लक्ष्य बङ्गलादेशले पाँच बल अगाडि मात्रै चार विकेट गुमाएर भेटायो । बङ्गलादेशको जितमा मोहम्दुुल्लाहले सर्वाधिक ४३ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड १९ ओभर ३ बलमा अलआउट भयो । उसका लागि विल योङले सर्वाधिक ४६ रन बनाए । बङ्गलादेशका लागि मुस्ताफिजुर ...