काठमाण्डाै – श्रीलङ्कासँगको पाँच खेलको टी–२० शृङ्खला अस्ट्रेलियाले जितेको छ । आज मङ्गलवार भएको तेस्रो खेल ६ विकेटले जितेसँगै अस्ट्रेलियाले श्रीलङ्कासँगकाे पाँच खेलकाे शृङ्खला आफ्नाे पक्षमा पारेकाे हाे ।
क्यानबेरामा श्रीलङ्काले दिएको एक सय २२ रनको लक्ष्य अस्ट्रेलियाले चार विकेट गुमाएर १९ बल बाँकी छँदै भेटायो । उसका लागि ग्लेन म्याक्सवेलले ३९ र एरोन फिन्चले ३५ रन बनाए । श्रीलङ्काका महिश थिक्सनाले तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले दासुन सनाकाको ३९ रन मद्दतमा एक सय २१ रन बनाएको थ...