बेल्जियम भर्सेस इटाली : यी खेलाडीले उल्टाउन सक्छन् नतिजा

एजेन्सी।बेल्जियमका रोमेलु लुकाकु र इटालीका सिरो इमोबाइल आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। स्ट्राइकरको रुपमा खेल्ने लुकाकुले प्रतियोगिताको ४ खेलमा ३ गोल गरेका छन्। हाल इन्टर मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका लुकाकुले राष्ट्रिय टोलीबाट ९७ खेलमा ६३ गोल गरेका छन्। त्यस्तै लाजियोका स्ट्राइकर सिरो इमोबाइलले प्रतियोगिताको ४ खेलमा २ गोल गरेका छन्। उनले देशबाट ४९ खेलमा १५ गोल गरेका छन्।

सम्बन्धित सामग्री

युरोकप छनोट फुटबलमा इटाली, स्पेन र बेल्जियम विजयी

काठमाडौं । युरोकप छनोट फुटबलमा गएराति इटालीले युक्रेनलाई २–१ ले हराएको छ । अघिल्लो खेलमा उत्तरी मेसेडोनियासँग बराबरीमा रोकिएपछि संकटमा परेको इटालीलाई गएरातिको जितले राहत मिलेको छ । यही समूहको अर्को खेलमा उत्तरी मेसेडोनियाले माल्टालाई २–० ले हरायो । गएरातिका खेलहरुपछि समुह ‘सि’ मा ५ खेलबाट १३ अंक जोडेको इंग्ल्याण्ड शीर्ष स्थानमा रहँदा इटाली, युक्रेन […]

इजरायलले ५५ देशको यात्रा प्रतिबन्ध हटाउने

इजरायलले ५५ देशका लागि यात्रा प्रतिबन्ध फुकुवा गर्ने स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ । मन्त्रिपरिषद् र संसदीय समितिको स्वीकृतिपछि बिहीबारदेखि लागू हुने गरी सो सहजीकरण हुने मन्त्रालयले जनाएको छ । अधिकांश अफ्रिकी देशहरू प्रतिबन्धको सूचीबाट मुक्त हुनेछन् । साथै जर्मनी, डेनमार्क, इटाली, स्वीडेन, आयरल्याण्ड, बेल्जियम, फिनल्याण्ड र नर्वे लगायतका केही युरोपेली देशहरू पनि प्रतिबन्धको सूचीबाट […]

आफ्नै कीर्तिमान तोड्दै इटाली युरोकपको सेमिफाइनलमा, बेल्जियम बाहिरियो

फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो  । यस जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । इटालीले अघिल्लो खेलमा  ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । यस अघि इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।   अब इटालीले ...

शीर्ष स्थानमा रहेको बेल्जियम इटालीसँग स्तब्ध

काठमाडाैं : फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई हराउँदै इटाली जारी युरोकपको सेमिफाइनल प्रवेश गरेको छ। शनिबार बिहान सकिएको खेलमा इटालीले २-१ को जित निकाल्यो।  निकै प्रतिस्पर्धात्मक खेलको सबै गोल पहिलो हाफमा भएको थियो। खेलको ३१ औं मिनेटमा इटालीका निकोलस बरेलाले गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै ४४ मिनेटमा लोरेन्सो इन्सेनेले दोस्रो गोल गरे।  रोमेलु लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल हुन सकेन।आजै

३१ खेलसम्म नहारेको इटालीलाई १३ खेलयता अपराजित बेल्जियमको चुनाैती

काठमाडाैं : युरो २०२० अन्तर्गत क्वाटरफाइनलको दोस्रो खेलमा आज राति पाैने १ बजे बेल्जियमले दाबेदार इटालीको सामना गर्दै छ। बेल्जियम १३ खेलयता अपराजित छ भने इटाली ३१ खेलमा हारेको छैन। इटालीले पछिल्ला १२ खेल लगातार जितेको छ।साविक च्याम्पियन पोर्चुगललाई क्वाटरफाइनलमा पाखा लगाएर अगाडि बढेको बेल्जियमले पछिल्लो पटक गत सेप्टेम्बरमा इङ्ल्यान्डसँग २-१ को पराजय भोगेको छ। यो बीचमा ११ जित र २ बराबरीको नतिजा बेल्जियमले निकालेको छ।बेल्जियम तीन वर्षअघि आयोजित विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। सेमिफाइ

बेल्जियमविरुद्ध इटालीः को जित्ला ?

काठमाडौं, १८ असार । बेल्जियम र इटालीबीचको युरोकप फुटबलको क्वाटरफाइनल भिडन्त कस्ले जित्ला ? धेरैले अनुमानहरु लगाइरहेका छन् । तर, यी दुईबीचको खेल रोचक हुने पक्का नै छ । तीनपटकको विश्वकप विजेता इटाली फिफा वरियतामा सातौ स्थानमा छ । उसका खेलाडीहरुमा पृथक खेलशैलीको क्षमता छ । बेल्जियम फिफा वरियतामा पहिलो नम्बरमा छ । अहिले बेल्जियमको […]

युरोकपमा दुई बलिया टोली बेल्जियम र इटाली भिड्दै

एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज हुने दोस्रो क्वाटरफाइनलमा बेल्जियम र इटाली भिड्दैछन। एलिएन्ज एरिना जर्मनीमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ। दुई टोलीबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ। जसमा इटालीले १४ खेल जित्दा ५ खेल बेल्जियमले जितेको छ भने ४ खेल बराबरीमा टुंगिएको छ। क्वाटरफाईनलमा पुग्न बेल्जियमले पोर्चुगललाई र इटालीले अस्ट्रियालाई पराजित गरेको थियो।

आजदेखि युरोकप फुटबलको क्वाटरफाइनल

काठमाडाैं। युरोकप फुटबलको क्वाटरफाइनलका खेलहरू आजदेखि सुरू हुँदैछन्। पहिलो क्वाटरफाइनलमा राति ९ः४५ बजे सेन्ट पिटर्सबर्गमा स्वीट्जरल्यान्ड र स्पेन भिड्नेछन्। स्वीट्जरल्याण्ड फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने स्पेन क्रोएसियालाई हराएर अन्तिम ८ मा पुगेको हो। दोस्रो क्वाटरफाइनलमा राति १२ः४५ बजे बेल्जियम र इटाली प्रतिस्पर्धा गर्ने छन्। बेल्जियमले पोर्चुगल र इटालीले अस्ट्रियालाई हराएर क्वाटरफाइनलमा पुगेका हुन्।

युरोकपको प्रिक्वाटरफाइनलको समीकरण पूरा

काठमाडाैं।युरोकप फुटबलको नकआउट चरणको समीकरण पूरा भएको छ। समूह ‘ए’बाट इटाली र वेल्स, समूह ‘बी’बाट बेल्जियम र डेनमार्क, समूह ‘सी’बाट नेदरल्यान्ड्स र अस्ट्रिया, समूह ‘डी’बाट इङ्ल्यान्ड र क्रोएसिया तथा समूह ‘इ’बाट स्वीडेन र स्पेन तथा समूह एफबाट फ्रान्स र जर्मनी प्रिक्वाटरफाइनलमा पुग्दा शीर्ष चार तेस्रो टोलीका रुपमा पोर्चुगल, स्वीट्जरल्यान्ड, चेक गणतन्त्र र युक्रेनले अन्तिम १६ मा स्थान बनाएका छन्।