काठमाडाैं : युरो २०२० अन्तर्गत क्वाटरफाइनलको दोस्रो खेलमा आज राति पाैने १ बजे बेल्जियमले दाबेदार इटालीको सामना गर्दै छ। बेल्जियम १३ खेलयता अपराजित छ भने इटाली ३१ खेलमा हारेको छैन। इटालीले पछिल्ला १२ खेल लगातार जितेको छ।साविक च्याम्पियन पोर्चुगललाई क्वाटरफाइनलमा पाखा लगाएर अगाडि बढेको बेल्जियमले पछिल्लो पटक गत सेप्टेम्बरमा इङ्ल्यान्डसँग २-१ को पराजय भोगेको छ। यो बीचमा ११ जित र २ बराबरीको नतिजा बेल्जियमले निकालेको छ।बेल्जियम तीन वर्षअघि आयोजित विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। सेमिफाइ