शीर्ष स्थानमा रहेको बेल्जियम इटालीसँग स्तब्ध

काठमाडाैं : फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई हराउँदै इटाली जारी युरोकपको सेमिफाइनल प्रवेश गरेको छ। शनिबार बिहान सकिएको खेलमा इटालीले २-१ को जित निकाल्यो।  निकै प्रतिस्पर्धात्मक खेलको सबै गोल पहिलो हाफमा भएको थियो। खेलको ३१ औं मिनेटमा इटालीका निकोलस बरेलाले गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै ४४ मिनेटमा लोरेन्सो इन्सेनेले दोस्रो गोल गरे।  रोमेलु लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल हुन सकेन।आजै

सम्बन्धित सामग्री

युरोकप छनोट फुटबलमा इटाली, स्पेन र बेल्जियम विजयी

काठमाडौं । युरोकप छनोट फुटबलमा गएराति इटालीले युक्रेनलाई २–१ ले हराएको छ । अघिल्लो खेलमा उत्तरी मेसेडोनियासँग बराबरीमा रोकिएपछि संकटमा परेको इटालीलाई गएरातिको जितले राहत मिलेको छ । यही समूहको अर्को खेलमा उत्तरी मेसेडोनियाले माल्टालाई २–० ले हरायो । गएरातिका खेलहरुपछि समुह ‘सि’ मा ५ खेलबाट १३ अंक जोडेको इंग्ल्याण्ड शीर्ष स्थानमा रहँदा इटाली, युक्रेन […]

समूह एफ : क्रोएसिया र बेल्जियमका लागि गर या मरको स्थिति

विश्वकप सुरु हुन अघि समूह एफबाट दुई युरोपियन टोली क्रोएसिया र बेल्जियम सजिलै नकआउट चरणमा पुग्ने आङ्कलन गरिएको थियो । तर, समूह चरणको अन्तिम खेल बाँकी छँदा यो समूह निकै रोचक मोडमा पुगेको छ ।मोरक्कोले बेल्जियमलाई २–० ले हराएपछि सबैको अनुमान विपरीत नतिजा आउने देखिएको हो । यतिबेला समूहको शीर्ष स्थानमा ४ अंकसहित क्रोएसिया रहेको  छ । समान अङ्क भए पनि गोलअन्तरको आधारमा मोरक्को दोस्रो स्थानमा छ । ३ अङ्क बटुलेको बेल्जियम तेस्रो स्थानमा छ  भने अङ्कविहीन रहेको क्यानडा समूहको पुछारमा छ ।आजको

विश्वकपमा छानियो विश्व बरियताको शीर्षस्थानमा रहेको बेल्जियम

विश्व बरियतामा शीर्ष स्थानमा रहेको बेल्जियम आउँदो वर्ष हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ । युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत शनिबार राति भएको खेलमा इस्टोनियालाई ३–१ ले पराजित गर्दै बेल्जियमले कतार विश्वकपमा स्थान बनाएको हो । समूह ई मा रहेको बेल्जियमले घरेलु मैदानमा भएको खेलमा जित निकाल्ने क्रममा ११ औँ मिनेटमा क्रिष्टियन बेन्टेक, […]

टोकियो ओलम्पिकमा तीन स्वर्णसहित चीन शीर्ष स्थानमा, नेपालका दुई खेलाडी पराजित

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ । प्रतियोगितामा इटाली र जापान एक÷एक स्वर्ण तथा दुई÷दुई रजतसहित दोस्रो स्थानमा तथा दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । यसैगरी इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइलैण्ड एक एक स्वर्ण जित्दै पदक तालिकाको चौंथो स्थानमा रहेका छन् । यस्तै सर्विया, बेल्जियम, स्पेन, भारत, नेद

हाजार्ड र डी ब्रुयना पहिलो रोजाईमा खेल्ने

एजेन्सी। बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले युरोपियन च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा केभिन डी ब्रयना र इडेन हाजार्डले पहिलो रोजाईमा खेल्ने बताएका छन्। चोटका कारण मैदानबाहिर रहेका हाजार्ड र डी ब्रुयना डेनमार्कविरुद्ध वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका थिए। बेल्जियमले आज राती फिनल्यान्डविरुद्ध खेल्दा एक्सेल विटसलले पनि पहिलो रोजाईमा खेल्नेछन्। बेल्जियम ६ अंकका साथ समूह ‘बी’को शीर्ष स्थानमा छ।

बेल्जियम युरोकपको दोस्रो चरणमा, डेनमार्क बाहिरिने खतरा

काठमाडाैं : दोस्रो खेलमा पनि पराजय भोगेपछि डेनमार्क युरोकपको समूह चरणबाटै बाहिरहेको छ। उसलाई आज फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले २-१ गोलअन्तरले पराजित गरेको हो। युसुफ पोलिसनको मद्दतमा खेलको दोस्रो मिनेटमै गोल गरेर आक्रमक सुरुवात गरेको डेनमार्क दोस्रो हाफमा सम्हालिन नसक्दा दुई गोल खान पुग्यो। बोरुसिया डर्टमुन्डका थोर्गन हाजार्डले खेलको ५४ औं मिनेटमा पहिलो गोल गरे भने आज डेब्यु गरेका म्याचेस्टर सिटीका केभिन ड्रि बुनले ७० औं मिनेटमा गोल गर्दै

एउटा ‘फुच्चे’ देश कसरी फुटबलको महाशक्ति बन्यो ?

खेलकुदको दुनियाँमा यो ठूलो उपलब्धिमध्येको एक हो । यस ग्रहकै सबैभन्दा लोकप्रिय खेलमा कसरी एउटा सानो देश पहिलो वरीयताको टोली बन्यो ? मात्र १ करोड १० लाख जनसङ्ख्या भएको, फ्रान्स र जर्मनीले घेरिएको पश्चिम युरोपेली राष्ट्र बेल्जियम फिफा वरीयतामा सन् २०१५ मा पहिलो पटक शीर्ष स्थानमा पुगेको थियो । सन् २०१८ देखि निरन्तर शीर्षमै छ ।विश्व फुटबलमा आफ्नो प्रभुत्वलाई सही ठहर गर्नका लागि आगामी १८ महिनामा एउटा ठूलो उपाधि जित्ने आशा बेल्जियमले राखेको छ । तर यदि युरोपेली च्याम्पियनसीप वा २०२२ को विश्वकप जित्न नसक

विश्व वरीयताको शीर्ष टिम बेल्जियम बराबरीमा

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम बराबरीमा रोकिएको छ।

युरो २०२० खेल्ने बेल्जियम फुटबल टिमले लगायो कोभिड-१९ विरुद्धको खोप

एजेन्सी। युरोपियन च्याम्पियनसिप खेल्ने बेल्जियम फुटबल टिमले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। बेल्जियम फिफा वरीयताको शीर्ष स्थानमा छ। ११ जुनबाट हुने प्रतियोगिताका लागि बेल्जियमलाई दाबेदारका रूपमा पनि हेरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार खेलाडीलाई जोनसन एण्ड जोनसन खोप लगाइएको हो, जुन एक डोज मात्र लगाए पनि पुग्छ। समूह ‘बी’मा रहेको बेल्जियमले डेनमार्क, फिनल्यान्ड र रुसविरुद्ध प्रतिस्पर्धा गर्नेछ।