युरोकपमा दुई बलिया टोली बेल्जियम र इटाली भिड्दै

एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज हुने दोस्रो क्वाटरफाइनलमा बेल्जियम र इटाली भिड्दैछन। एलिएन्ज एरिना जर्मनीमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ। दुई टोलीबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ। जसमा इटालीले १४ खेल जित्दा ५ खेल बेल्जियमले जितेको छ भने ४ खेल बराबरीमा टुंगिएको छ। क्वाटरफाईनलमा पुग्न बेल्जियमले पोर्चुगललाई र इटालीले अस्ट्रियालाई पराजित गरेको थियो।

सम्बन्धित सामग्री

युरोकप छनोट फुटबलमा इटाली, स्पेन र बेल्जियम विजयी

काठमाडौं । युरोकप छनोट फुटबलमा गएराति इटालीले युक्रेनलाई २–१ ले हराएको छ । अघिल्लो खेलमा उत्तरी मेसेडोनियासँग बराबरीमा रोकिएपछि संकटमा परेको इटालीलाई गएरातिको जितले राहत मिलेको छ । यही समूहको अर्को खेलमा उत्तरी मेसेडोनियाले माल्टालाई २–० ले हरायो । गएरातिका खेलहरुपछि समुह ‘सि’ मा ५ खेलबाट १३ अंक जोडेको इंग्ल्याण्ड शीर्ष स्थानमा रहँदा इटाली, युक्रेन […]

इटाली अपराजित ३२ खेलको कीर्तिमान रच्दै युरोकपको सेमिफाइनलमा, बेल्जियम बाहिरियो

इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वार्टरफाइनलमा  फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा पुगेको हो ।

आफ्नै कीर्तिमान तोड्दै इटाली युरोकपको सेमिफाइनलमा, बेल्जियम बाहिरियो

फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो  । यस जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । इटालीले अघिल्लो खेलमा  ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । यस अघि इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।   अब इटालीले ...

बेल्जियमविरुद्ध इटालीः को जित्ला ?

काठमाडौं, १८ असार । बेल्जियम र इटालीबीचको युरोकप फुटबलको क्वाटरफाइनल भिडन्त कस्ले जित्ला ? धेरैले अनुमानहरु लगाइरहेका छन् । तर, यी दुईबीचको खेल रोचक हुने पक्का नै छ । तीनपटकको विश्वकप विजेता इटाली फिफा वरियतामा सातौ स्थानमा छ । उसका खेलाडीहरुमा पृथक खेलशैलीको क्षमता छ । बेल्जियम फिफा वरियतामा पहिलो नम्बरमा छ । अहिले बेल्जियमको […]

आजदेखि युरोकप फुटबलको क्वाटरफाइनल

काठमाडाैं। युरोकप फुटबलको क्वाटरफाइनलका खेलहरू आजदेखि सुरू हुँदैछन्। पहिलो क्वाटरफाइनलमा राति ९ः४५ बजे सेन्ट पिटर्सबर्गमा स्वीट्जरल्यान्ड र स्पेन भिड्नेछन्। स्वीट्जरल्याण्ड फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने स्पेन क्रोएसियालाई हराएर अन्तिम ८ मा पुगेको हो। दोस्रो क्वाटरफाइनलमा राति १२ः४५ बजे बेल्जियम र इटाली प्रतिस्पर्धा गर्ने छन्। बेल्जियमले पोर्चुगल र इटालीले अस्ट्रियालाई हराएर क्वाटरफाइनलमा पुगेका हुन्।

युरोकप २०२० :  क्वार्टरफाइनलमा  को को भिड्दै छन् ?

युरोकपको क्वार्टरफाइनलमा इंग्ल्यान्ड, स्पेन, बेल्जियम, स्विट्जरल्यान्ड्स, इटाली, डेनमार्क, चेक परिपब्लिक र

युरोकप–क्वाटरफाइनलमा यी देशबीच भिडन्त

युरोकप अन्तर्गत गएरातिको खेलमा इङ्ल्याण्डले जर्मनी तथा युक्रेनले स्वीडेनलाई पराजित गर्दै क्वाटरफाइलको यात्रा तय गरेका छन् । यससँगै क्वाटरफाइनलको समीकरण पुरा भएको छ । जसअनुसार शुक्रबार पौने १० बजेदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुनेछन् । जसअनुसार पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेन भिड्नेछन् । यस्तै शनिबार बिहान बेल्जियम र इटाली भिड्नेछन् भने राति पौने १० बजे चेक रिपब्लिक र डेनमार्क भिड्नेछन् । यसैगरी क्वाटरफाइनको अन्तिम खेल आइतबार युक्रेन र इङ्ल्याण्डबीच हुनेछ ।

युरोकपको प्रिक्वाटरफाइनलको समीकरण पूरा

काठमाडाैं।युरोकप फुटबलको नकआउट चरणको समीकरण पूरा भएको छ। समूह ‘ए’बाट इटाली र वेल्स, समूह ‘बी’बाट बेल्जियम र डेनमार्क, समूह ‘सी’बाट नेदरल्यान्ड्स र अस्ट्रिया, समूह ‘डी’बाट इङ्ल्यान्ड र क्रोएसिया तथा समूह ‘इ’बाट स्वीडेन र स्पेन तथा समूह एफबाट फ्रान्स र जर्मनी प्रिक्वाटरफाइनलमा पुग्दा शीर्ष चार तेस्रो टोलीका रुपमा पोर्चुगल, स्वीट्जरल्यान्ड, चेक गणतन्त्र र युक्रेनले अन्तिम १६ मा स्थान बनाएका छन्।

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

काठमाडौं : युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ। यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बन