आगामी पाँच वर्षका लागि तय भएको ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ निजामती सेवा दिवस २०७८ सम्पन्न हुँदै छ । नेपालमा निजामती सेवाको इतिहास निकै लामो रहेको भए तापनि निजामती सेवा ऐन, २०१३ जारी भएको दिन भदौ २२ गतेलाई आधार मानेर सरकारले २०६१ सालदेखि यो दिवस मनाउन थालेको हो ।