काठमाडौँ – नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बजारलाई खुला नछाडेसम्म व्यवसाय फस्टाउन नसक्ने बताएका छन्। काठमाडौंमा शुक्रबार नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेडको औपचारिक उद्घाटन र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भको अवसरमा उनले नियामक निकायको भूमिका बजारको विकासलाई दीर्घकालीन र स्थिरता दिनुपर्ने रहेको बताए। काम गर्ने प्रणालीमा सबैले परिवर्तन गर्न आवश्यक […]