धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्ष छनोटका लागि गठित समितिले अन्तिम चरणमा तीन जनाको नाम सिफारिश गरेको थियो । छनोट समितिले हमालसहित डा. गोपालप्रसाद भट्ट र कृष्णराज पोखरेलको नाम सिफारिश गरेको थियो । समितिको सिफारिशमा परेका तीन जनामध्येबाट मन्त्रिपरिषद् बैठकले हमाललाई बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । बोर्ड अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए । तत्कालीन अध्यक्ष भीष्मराज...

सम्बन्धित सामग्री

अर्थमन्त्रीको जोड बुक बिल्डिङमा

उत्पादनमूलक कम्पनीहरूलाई बुक बिल्डिङमार्फत सेयर बजारमा ल्याउन अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका नवनियुक्त प्रमुखहरूको स्वागत कार्यक्रममा अर्थमन्त्री शर्माले सेवनलाई ११ बुँदे निर्देशन दिएका हुन् । सरकारले बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।धेरै उत्पादनमूलक कम्पनीहरू सेयर मार्केटभन्दा […]

बोर्ड र नेप्सेका प्रमुखलाई बोलाएर अर्थमन्त्रीले भने- सेयर बजारमा चलखेल भयो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका विषयमा नेपाल धितोपत्र बोर्ड (सेबन) अध्यक्ष र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर छलफल गरेका छन् । धितोपत्र बोर्ड अध्यक्ष रमेश हमाल र नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलेसँगको छलफलमा अर्थमन्त्रीले सेयर बजार सेटिङमा चल्ने गरेको गुनासो गरे । कसले सेयर बजारमा कति चलखेल गरेको छ भन्ने […]

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई सेबोनको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  गत मंगलबार धितोपत्र बोर्डको अध्यक्ष छनोट तथा सिफारिस समितिले हमालसहित तीन जनाको अन्तिम नाम अर्थमन्त्रालय मार्फत मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । ति तीन जनाबाट हमालले बाजी मारेका हुन् । नवनियुक्त अध्यक्ष हमाल काँग्रेस कोटाबाट छानिएका हुन् । बैंककबाट इन्टरनेसनल विजनेश एण्ड फाइनान्समा स्‍नातकोत्तर गरेका हमालसँग करिब ३ दशक सार

को हुन् धितोपत्र बोर्डका अध्यक्ष बनेका रमेश हमाल ? यस्तो छ उनको पृष्ठभूमि

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा नियुक्त रमेश हमालसँग यसअघि वित्तीय क्षेत्रमा २० वर्षसम्म सिनियर व्यवस्थापकको रूपमा काम गरेको अनुभव छ । उनी गैरआवासीय संघ थाइल्याण्डका पूर्वअध्यक्षसमेत हुन् ।

धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

२ फागुन, काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षका लागि छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ । छनोट समितिका एक सदस्यका अनुसार सिफारिसको पहिलो नम्बरमा डा. रमेश हमाल, दोस्रोमा डा. गोपाल भट्ट र तेस्रो नम्बरमा कृष्ण पोखरेल रहेका छन् । यसअघि सर्टलिस्टमा परेका निरज गिरी र कटुवाल भने सिफारिसमा परेनन् ।