अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पूँजी बजारबारे छलफल कार्यक्रम आयोजना गरेका छन् । पूँजी बजारबारे भ्रमात्मक सूचना प्रवाह रोक्न, सरकारको सकारात्मक धारणा सार्वजनिक गर्न र नियामक दुई निकायमा नवनियुक्त प्रमुखहरुको धारणा लिन अर्थमन्त्रीले छलफल डाकेका हुन् ।छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीलाई पनि अर्थमन्त्री शर्माले मन्त्रालयमा डाकेका छन् । पूँजी निर्माण कसरी गर्ने, लगा