नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि ५ जनाको नाम सर्ट लिस्टमा परेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले कुल १५ आवेदक मध्ये उत्कृष्ट पाँच जनाको नाम छनोट गरेको हो । समितिले निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेललाई प्रस्तावित अध्यक्षको सर्ट लिस्टमा सिफारिस गरेको हो । अब छनोट भएका पाँच जनामध्येबाट समितिले अध्यक्षका लागि अन्तिम तीन जनाको नाम सिफारिस गर्ने छ । ती मध्येबाट सरकारले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ । सेबोनको अध्यक्षका ला