नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधवार राजधानीको एक पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरी गौतमले अभियान घोषणा गरेका हुन् ।
प्रतिनिधि सभा विघटनको घटनापछि नेकपा दुई चिरामा बाँडिए पनि गौतम कुनै समूहमा सहभागी भएका छैनन् ।
निर्वाचन आयोगले विभाजनलाई वैधता नदिए पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले छुट्टा–छुट्टै राजनीतिक गतिविधि सञ्चालन गरिरहेका छन् ।
गौतमको अभियानमा नेकपा केन्द्रीय सदस्य हरि पराजुली, प्रा.डा. हिराबहा...