ओलीपछि प्रचण्ड भेट्न वामदेव खुमलटारमा

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् ।दिउँसो नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका गौतम अपरान्ह माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्। उनले आगामी चुनावमा बाम गठबन्धन बनाएर जानुपर्ने बताउँदै आएका छन् । उनले एमाले अध्यक्ष ओलीलाई भेटेर पनि वाम गठबन्धन निर्माणमा जोड दिएका छन्। एमाले र माओवादी केन्द्र एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछ

सम्बन्धित सामग्री

प्रचण्ड र वामदेवबीच भेट

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वगृहमन्त्री वामदेव गौतमबीच भेट भएको छ । शुक्रबार नेता गौतम माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारमा पुगेका हुन् । प्रचण्ड र गौतमको एक वर्षपछि भेट भएको प्रचण्डकी छोरी गंगा दाहालले फेसबुकमार्फत् बताएकी हुन् । प्रचण्डसँगको भेटमा गौतमले एमसीसी अनुमोदन गर्न नहुने विषयमा कुराकानी गरेको बुझिएको छ । उनले […]

खुमलटारमा प्रचण्ड र वामदेवबीच भेटवार्ता

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष र वामदेव गौतमबिच भेटवार्ता भएको छ। अमेरिकी परियोजन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धन भित्र मतभेद बढिरहँदा दुई नेताबिच भेट भएको हो। प्रचण्डलाई भेट्न गौतम खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए। दुई नेताबिच पछिल्लो समसामिक राजनीतिक घटनाबारे कुराकानी भएको बताइन्छ। नेकपा…

एमाले छाडेका वामदेव प्रचण्ड भेट्न खुमलटारमा

काठमाडौँ – अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असहमति जनाउँदै एमाले छाडेका नेता वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन्। खुमलटार पुगेका गौतमसँग राष्ट्रिय राजनीतिमा देखिएको सकंटबारे छलफल भएको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। उनले भने, ‘दुई नेताबीचको सौहार्दपूर्ण भेटघाट। राष्ट्रिय राजनीतिमा देखिएको संकटका बारेमा गम्भीर वार्तालाप।’ एमसिसीका कारण सत्ता […]

प्रचण्ड भेट्न वामदेव खुमलटारमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । प्रचण्ड भेट्न गौतम शुक्रबार बिहान साढे नौ बजे खुमलटार पुगेका हु्न् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले सामान्य भेटघाट भएको बताए । नेकपा विभाजनपछि गौतम कुनै समूहमा खुलेका छैनन् । उनले नेकपा विभाजन रोक्न प्रयासमा आफु रहेको बताउँदै आएका छन् ।

प्रचण्ड र वामदेवबीच खुमलटारमा आधा घण्टा कुराकानी

विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग अहिलेसम्म कतै पनि नखुलेका नेकपाका उपाध्यक्ष वामदेव गौतमले भेटवार्ता गरेका छन् । शुक्रवार बिहान प्रचण्डलाई भेट्न गौतम खुमलटार पुगेका थिए । दुवै नेताहरूबीच आधा घण्टा कुराकानी भएको खुमलटार स्रोतले जनाएको छ । भेटमा प्रचण्डले गौतमलाई आफ्नो पक्षमा खुल्न सुझाव दिएका थिए गौतमले केही दिन पर्खन प्रचण्डलाई आग्रह गरेका छन् । त्यस्तै गौतमले प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यस्थितिका बारेमा चासोसमेत राखेका थिए ।  गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारि...

ओली र प्रचण्डबीच छलफल चल्दै

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ । खुमलटारमा माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेतासँगको छलफलपछि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानुभएको हो । ओली र प्रचण्ड...

ओली र प्रचण्डबीच खुमलटारमा भेटवार्ता : वामदेव र नेपाल पनि सहभागी

काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ । प्रचण्ड र ओलीबीच झण्डै डेढ घण्टा खुमलटारमा छलफल भएको हो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली अर्का अध्यक्ष प्रचण्डलाई भेट्न बिहान उहाँकै निवास खुमलटार पुग्नुभएको थियो । दुई अध्यक्षबी...