काठमाडौं : एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीमा १२ जना पदाधिकारी रहने भएका छन्। गौतम नेतृत्वको पार्टीले रिपोर्टर्स क्लबमा सोमबार पत्रकार सम्मेलन गरेर पार्टी र पदाधिकारीको घोषणा गरेको हो।एकजना अध्यक्ष, ७ जना उपाध्यक्ष, एकजना महासचिव, एकजना उपमहासचिव, एकजना कोषाध्यक्ष र एकजना सचिव रहने एकता अभियानका नेता निमकान्त पाण्डेले बताए। पाण्डेका अनुसार सो पार्टीमा ७५ जना केन्द्रीय र १५ जनाको स्थायी कमिटी सदस्य रहनेछन्। अहिले सो पार्टीको संयोज