रुपन्देही । राजनीतिक दलहरुले नयाँ नेताहरुलाई मौका दिएनन् भन्ने चौतर्फी आलोचना भएपनि व्यवहारमा त्यो कार्यान्वयन हुन सकेको छैन । प्रतिनिधिसभाका लागि २६ र प्रदेश सभाका लागि ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशबाट सबै दलमा अधिकांश पुरानै उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभामा अधिकांश पुरानै उम्मेदवार गएपनि प्रदेशसभाका लागि केही नयाँ अनुहारलाई मैदानमा छन् । […]