काठमाण्डाै - श्रीलङ्कामा नोभेम्बर महिनामा चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।
सरकारी तथ्याङ्कअनुसार नोभेम्बर महिनामा चार हजार पाँच सय ६१ जनामा डेङ्गीको सङ्क्रमण देखिएको हो । श्रीलङ्कामा डेङ्गीको भाइरस सङ्क्रमण पुष्टि भएको यो २० महिनायताकै सबैभन्दा धेरै हो।
श्रीलङ्काका स्वास्थ्य विज्ञले डेङ्गीको प्रकोप बढेको भन्दै ज्वरो आउने र मांसपेशी दुख्ने जस्ता केही लक्षण डेङ्गी र कोरोना सङ्क्रमण दुवैमा देखिने भएकाले चनाखो रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । डेङ्गी सङ्क्रमित व्यक्तिमा उच्च ज्वरो, बान्ता हुने, पेट ...