बाँके – डेङ्गी सङ्क्रमणका कारण बाँकेमा दुई जनाको ज्यान गएको छ । डेङ्गी सङ्क्रमणपछि भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका दुई जनाको ज्यान गएको अस्पतालले जनाएको छ । ज्यान गुमाउनेमा ८६ वर्षका पुरुष र १२ वर्षकी बालिका रहेका छन् ।
डेङ्गीका कारण यसअघि कैलाली र ललितपुरमा पनि एक–एक जनाको ज्यान गएको थियो । प्रकोपका रूपमा फैलिएको डेङ्गी सङ्क्रमण ७५ वटा जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७५ जिल्लामा गरी ६ हजार सात सय सात जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य विभाग अन्त...