नेपालमा डेङ्गी : ज्यान गुमाउनेको सङ्ख्या २० जना पुग्यो, साढे १६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि

काठमाण्डाै – नेपालमा डेङ्गी सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २० जना पुगेको छ । देशका विभिन्न ठाउँमा गरी डेङ्गी सङ्क्रमणबाट २० जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो । यस्तै अहिलेसम्म १६ हजार पाँच सय ८७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । अहिलेसम्मको तथ्याङ्कअनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार ६ सय चार जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डाैमा चार हजार चार सय ५४ र भक्तपुरमा सात सय १३ जना गरी काठमाण्डौ उपत्...

सम्बन्धित सामग्री

काभ्रेमा पुनःबढ्यो डेङ्गी सङ्क्रमण

जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गी सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।...

घट्दै छ डेङ्गी सङ्क्रमण

डेङ्गी भाइरसको सङ्क्रमण कम हुँदै गएको छ। अङग्रेजी महिनामा अगस्त (साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेङ्गी सङ्क्रमण सेप्टेम्बर महिना (भदौ १५ देखि असोज १३ गतेसम्म) मा घटेको पाइएको हो।...

डेङ्गी सङ्क्रमणबाट दार्चुलामा किशाेरीकाे ज्यान गयाे

दार्चुला – डेङ्गी सङ्क्रमणबाट दार्चुलामा एक किशाेरीकाे ज्यान गयाे । डेङ्गी सङ्क्रमणबाट महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया किशाेरीकाे ज्यान गएकाे हाे । भदौ ७ गते जिल्ला अस्पताल दार्चुलामा डेङ्गी पोजेटिभ देखिएकी किशाेरीलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो । उपचारका क्रममा गए राति उनको ज्यान गएकाे पारिवारिक स्राेतले जनाएको छ ।  मृतक किशाेरी राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्ययनरत छात्रा रहेको विद्यालयका प्रधानाध्यापक राजेशसिंह सामन्तले जानकारी दिनुभयो । उनकाे निधनमा आज आइतवार विद्यालयमा श...

डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघ्यो !

काठमाण्डौ – नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ ।इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म २१ हजार दुई सय छ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेङ्गी सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो ।सङ्क्रमणबाट १३ जनाको ज्यान गएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले पानी परिरहेकाले डेङ्गी सङ्क्रमण दैनिकरूपमा बढेको बताउनुभयो । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो ।सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रम...

डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै

काठमाण्डाै - डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलिएको छ । डेङ्गी सङ्क्रमण ७५ वटा जिल्लामा फैलिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । सात महिनायता डेङ्गी सङ्क्रमितको सङ्ख्या  १४  हजार  ३५७  पुगेको महाशाखाले जनाएको छ  । महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । कोशी प्रदेशमा १० हजार ८१३, बाग्मती प्रदेशमा दुई हजार नौ, गण्डकी प्रदेशमा ६०३,  सुदूरपश्चिम  प्रदेशमा  ४५१, &nbs...

ताप्लेजुङमा ६ जनामा डेङ्गी सङ्क्रमण

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा डेङ्गी सङ्क्रमण देखिएकाे छ । शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा छ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल ताप्लेजुङका मेडिकल सुपरिन्टेनडेन्ट डाक्टर ओमप्रकाश थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमण पुष्टि भएकामध्ये जिल्ला अस्पतालमा उपचारपछि पाँच जना घरमै स्वास्थ्य लाभ गरिरहेका छन् । एक जना ८० वर्षीय वृद्धकाे भने अस्पतालमा उपचार भइरहेकाे डा. थापामगरले जानकारी दिनुभयो । जिल्ला अस्पतालका अनुसार धरान, विराटनगर र झापाबाट ताप्लेजुङ आएकाहरूमा डेङ्गी सङ्क्रम...

चितवनमा डेङ्गी संक्रमित एक महिलाको मृत्यु

चितवन : चितवनमा डेङ्गी संक्रमित एक महिलाको मृत्यु भएको छ। राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गीका कारण मृत्यु भएको हो। स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गी पुष्टि भएको थियो। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए।…

शताब्दी पुरुष जोशीलाई डेङ्गी संक्रमण

काठमाडौँ – शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेङ्गी संक्रमण भएको छ । विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या देखिए पनि उनलाई शुक्रबार किस्ट अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकहरूले स्वास्थ्य जाँच गर्दा डेङ्गी संक्रमण पुष्टि भएको बताएका छन् । अहिले उनको अस्पतालमा चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार भइरहेको छ । जोशीलाई […]

डेङ्गी नियन्त्रणमा सरकार चुक्याे : एमाले

काठमाण्डाै – नेकपा एमालेले डेङ्गी रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको जनाएको छ । एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले आज बुधवार विज्ञप्ति निकालेर डेङ्गी फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताउनुभएको हो । काठमाण्डौमा डेङ्गी फैलिएकाले मानिसमा त्रास सिर्जना भएको र यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो, त्यसमा सरकारी संयन्त्र असफल भएको विज्ञप्तिमा भनिएको छ । एमालेले डेङ्गीबाट २१ जनाको ज्यान गएको र ७५ जिल्लामा यसका लक्...

डेङ्गी सङ्क्रमणबाट बाँकेमा २ जनाकाे ज्यान गयाे

बाँके – डेङ्गी सङ्क्रमणका कारण बाँकेमा दुई जनाको ज्यान गएको छ । डेङ्गी सङ्क्रमणपछि भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका दुई जनाको ज्यान गएको अस्पतालले जनाएको छ । ज्यान गुमाउनेमा ८६ वर्षका पुरुष र १२ वर्षकी बालिका रहेका छन् ।  डेङ्गीका कारण यसअघि कैलाली र ललितपुरमा पनि एक–एक जनाको ज्यान गएको थियो । प्रकोपका रूपमा फैलिएको डेङ्गी सङ्क्रमण ७५ वटा जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७५ जिल्लामा गरी ६ हजार सात सय सात जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य विभाग अन्त...