यस वर्ष झन्डै १२ सय जनामा डेङ्गी सङ्क्रमण, प्रकाेप फैलिने जाेखिम कायमै

काठमाण्डाै – सरकारले यस वर्ष पनि डेङ्गीले महामारीको रूप लिन सक्ने जोखिम रहेको बताएको छ । साेमवार डेङ्गी सङ्क्रमण रोकथाम तथा नियन्त्रण विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले आयोजना गरेको अन्तरक्रियामा निर्देशक डा. रुद्र मरासिनीले यो वर्ष पनि ढुक्क भएर बस्ने अवस्था नरहेको बताउनुभयो । ईडीसीडीको तथ्याङ्कअनुसार जनवरी १ देखि अहिलेसम्म ६६ जिल्लामा सङ्क्रमण देखिएको छ । जसमा एक हजार एक सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै दार्चुला, धादिङ र सुनसरीमा सङ्क्रमित भेटिएका छन् । कतिपय सङ्क्रमणका बार...

सम्बन्धित सामग्री

काभ्रेमा पुनःबढ्यो डेङ्गी सङ्क्रमण

जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गी सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।...

घट्दै छ डेङ्गी सङ्क्रमण

डेङ्गी भाइरसको सङ्क्रमण कम हुँदै गएको छ। अङग्रेजी महिनामा अगस्त (साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेङ्गी सङ्क्रमण सेप्टेम्बर महिना (भदौ १५ देखि असोज १३ गतेसम्म) मा घटेको पाइएको हो।...

डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघ्यो !

काठमाण्डौ – नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ ।इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म २१ हजार दुई सय छ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेङ्गी सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो ।सङ्क्रमणबाट १३ जनाको ज्यान गएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले पानी परिरहेकाले डेङ्गी सङ्क्रमण दैनिकरूपमा बढेको बताउनुभयो । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो ।सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रम...

दार्चुलाको ब्यासमा समेत भेटियाे डेङ्गी सार्ने लामखुट्टे

तराईका जिल्लामा बढी हुने डेङ्गी सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ ।

डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै

काठमाण्डाै - डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलिएको छ । डेङ्गी सङ्क्रमण ७५ वटा जिल्लामा फैलिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । सात महिनायता डेङ्गी सङ्क्रमितको सङ्ख्या  १४  हजार  ३५७  पुगेको महाशाखाले जनाएको छ  । महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । कोशी प्रदेशमा १० हजार ८१३, बाग्मती प्रदेशमा दुई हजार नौ, गण्डकी प्रदेशमा ६०३,  सुदूरपश्चिम  प्रदेशमा  ४५१, &nbs...

ताप्लेजुङमा ६ जनामा डेङ्गी सङ्क्रमण

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा डेङ्गी सङ्क्रमण देखिएकाे छ । शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा छ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल ताप्लेजुङका मेडिकल सुपरिन्टेनडेन्ट डाक्टर ओमप्रकाश थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमण पुष्टि भएकामध्ये जिल्ला अस्पतालमा उपचारपछि पाँच जना घरमै स्वास्थ्य लाभ गरिरहेका छन् । एक जना ८० वर्षीय वृद्धकाे भने अस्पतालमा उपचार भइरहेकाे डा. थापामगरले जानकारी दिनुभयो । जिल्ला अस्पतालका अनुसार धरान, विराटनगर र झापाबाट ताप्लेजुङ आएकाहरूमा डेङ्गी सङ्क्रम...

घट्यो डेङ्गी सङ्क्रमण

कञ्चनपुर – चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ। केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेङ्गीको सङ्क्रमण कम हुँदै गएको हो। एक महिनाअघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए। ‘पछिल्लो केही महिनायता डेङ्गी सङ्क्रमणमा कमी आएको छ, कहिलेकाहीँ फाट्टफुट्ट मात्रै बिरामी आइरहेका छन्’, उनले भने। चिसोमा डेङ्गी सार्ने […]

डेङ्गी सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न एमालेको माग

काठमाडाैँ – नेकपा एमालेले डेङ्गी सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय सचिव तथा स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेङ्गी सङ्क्रमणका अवस्था जटिल बन्दै गएको भन्दै रोकथाम र नियन्त्रण गर्न सरकारसँग माग गर‍ेका हुन् । विज्ञप्तिमा उनले तीनै तहका सरकारलगायत विभिन्न सरकारी तथा गैरसरकारी […]

डेङ्गी सङ्क्रमण बढेसँगै बजारमा सिटामाेल अभाव !

काठमाण्डौ – नेपालमा डेङ्गी ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ ।  औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा भने बिरामीले पाइरहेका छैनन् ।  उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खान मन नलाग्ने, पाखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गीका ...

श्रीलङ्कामा नोभेम्बर महिनामा चार हजार पाँच सयभन्दा बढी व्यक्तिमा डेङ्गी सङ्क्रमण

काठमाण्डाै - श्रीलङ्कामा नोभेम्बर महिनामा चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। सरकारी तथ्याङ्कअनुसार नोभेम्बर महिनामा चार हजार पाँच सय ६१ जनामा डेङ्गीको सङ्क्रमण देखिएको हो । श्रीलङ्कामा डेङ्गीको भाइरस सङ्क्रमण पुष्टि भएको यो २० महिनायताकै सबैभन्दा धेरै हो। श्रीलङ्काका स्वास्थ्य विज्ञले डेङ्गीको प्रकोप बढेको भन्दै ज्वरो आउने र मांसपेशी दुख्ने जस्ता केही लक्षण डेङ्गी र कोरोना सङ्क्रमण दुवैमा देखिने भएकाले चनाखो रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । डेङ्गी सङ्क्रमित व्यक्तिमा उच्च ज्वरो, बान्ता हुने, पेट ...