संसारभरि मानिस फरक फरक भाषाको प्रयोग गर्छन् । पशु, पक्षी र अन्य प्राणी पनि फरक फरक आवाज निकालेर संवाद गर्छन् ।
तर संसारमा यस्तो पनि ठाउँ छ जहाँका मानिस सिट्ठी बजाएर अर्थात् चराको आवाज निकालेर संवाद गर्छन् ।
यूनिसेफले टर्कीको एक भागमा बोलिने चराको भाषालाई सम्पदा सूचीमा राखेको छ र यसको संरक्षण आवश्यक रहेको बताएको छ । त्यसपछि संसारको ध्यान यस अनौठो भाषामा गयो ।
उत्तरी टर्कीको गिरेसुन प्रान्तका गाउँमा बस्ने लगभग १० हजार मानिसले यो सुन्दर भाषालाई जोगाइरहेका छन् । अग्ला पहाडका दुर्गम बस्तीमा बस्ने मानि...