काठमाण्डाै - मिर्मिरेमा चराको चिरबिर सुन्दा झर्को मान्ने मान्छे सायदै होलान् । निद्राले छाड्न नपाउँदै सुनिएको आवाजले झर्को नभइ आनन्द दिनु त्यो आवाजप्रतिको प्रेम हो । चराविद् डा. हेमसागर बराल यही कुरालाई मानिस र चराबीचको सम्बन्धको बलियो प्रमाण मान्नुहुन्छ ।बराल भन्नुुहन्छ ‘बिहान उठ्दा धोबिनी चराले गाइदिएको हुन्छ, मैनाचरी कराएको हुन्छ, कागहरु कराएका हुन्छन्, यी आवाजमा हाम्रो दिमाग अभ्यस्त भएको हुन्छ । हामीले वास्ता नगरेको भए पनि हाम्रो दिमागलाई शान्तितिर लैजान चरा कराएको आवाज वा प्राकृतिक सङ्गीतले साथ दिइरहेको हुन्छ । य...