मतगणना स्थालमा भेटियाे स्वस्तिक छाप

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा मतगणना अवरुद्ध भएको छ  मतगणना स्थलमा स्वस्तिक छाप फेला परेपछि गणना अवरुद्ध भएको गोदावरी नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र भण्डारीले बताए । मत परिणामको तथ्यांक रुजु गर्ने कोठामा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि नेकपा एमालेले विरोध जनाएपछि मत गणना अवरुद्ध भएको हो । ...

सम्बन्धित सामग्री

राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना

निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्।...

मोरङ-२ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार भट्टराइद्वारा मतगणना बहिस्कार

५ मंसिर, विराटनगर । मोरङ क्षेत्र नं. २ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार विनोदमणि भट्टराईले मतगणना बहिस्कार गरेका छन् । सर्वदलीय बैठकमा स्वस्तिक छाप र ल्याप्चे दुवै लागेको मतपत्रलाई पनि सदर गर्ने भनिएपछि आफूले बैठक बहिस्कार गरेको भट्टराईले अनलाइनखबरलाई बताए । ‘यस्तो कुरा स्वीकार सकिंदैन भनेर म सर्वदलीय बैठक छाडेर हिंडें,’ भट्टराईले अनलाइनखबरसँग भने, ‘मतगणनामा […]

पुनः अवरुद्ध भयो धुलिखेलको मतगणना

काभ्रे । धुलिखेल नगरपालिकाको मत गणना फेरि स्थगित भएको छ । वडा नम्बर ११ को मतगणनाका क्रममा अर्धकट्टी सहितका ६१ वटा मतपत्र भेटिएपछि दलका प्रतिनिधिहरूले विरोध गरेका हुन् । यसअघि उम्मेदवार नउठेको र उठेको एउटै पदमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने कि नमान्ने भन्नेमा विवाद हुँदा मतगणना रोकिएको थियो ।

कैलालीको गोदावरीमा मतगणनास्थलमै स्वस्तिक छाप भेटिएपछि....

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा मतगणना स्थलमा स्वस्तिक छाप फेला परेपछि मतगणना प्रभावित बनेको छ। मत परिणामको तथ्यांक रुजु गर्ने कोठामा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि गणना प्रभावित बनेको हो। नेकपा एमालेले विरोध जनाएपछि मतगणना स्थगित भएको बताइएको छ। एमालेले सत्तारुढ गठबन्धनमाथि चुनावमा धाँधली गर्न स्वस्तिक छाप निर्वाचन अधिकृतको कार्यकक्षमा फेला परेको आरोप लगाएको छ। उक्त स्वस्तिक छाप फेला परेको कोठामा गठबन्धननिकट मानिने गोदावरी नगरपालिकाका एक जना कर्मचारीसमेत भेटिएको भन्दै एमालेले छ

आंशिक स्वस्तिक छाप बदर गर्ने सहमतिपछि भरतपुरमा मतगणना पुनः सुरु

चितवन- मतपत्रमा आंशिक स्वस्तिक छापलाई मान्यता नदिने सहमति भएपछि भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । मतगणना स्थगित हुने बित्तिकै बसेको सर्वदलीय बैठकमा अबदेखि कुनै पनि उम्मेदवारको चुनाव चिह्नमा परेको आंशिक छापलाई बदर गर्ने सहमति भएको मतगणनास्थलमा रहेका एमाले प्रतिनिधि आश्विन घिमिरेले जानकारी दिए । मतगणनाको क्रममा एउटा मतपत्रमा स्वस्तिक छापको विषयमा विवाद उत्पन्न […]

कुन चिह्नमा लाग्यो स्वस्तिक छाप? राष्ट्रिय सभागृहमा यसरी चलिरहेको छ मतगणना

काठमाडौं : वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा भएको मतदानको मतगणना जारी छ। राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता कायम गरिरहेका छन्। मतगणनास्थलमा बालेन आफै उपस्थित छन्। गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ (सिंह) र नेकपा एमालेबाट केशव स्थापित प्रतिस्पर्धामा छन्। बालेनपछि सिर्जनाले…

बन्दुकको गोलीमा स्वस्तिक छाप ?

इलाम जिल्लाको देउमाई नगरपालिकामा ‘सुरक्षाकर्मीको बन्दुकको गोलीमा स्वस्तिक छाप भेटिएपछि’ मतगणना स्थगित भएको छ ।

गणना स्थलमा कर्मचारीसँग स्वस्तिक छाप सहित भेटिएपछि …

इलाम । इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा बिवाद उत्पन्न भएको छ । मतगणना स्थलमा नगरपालिकाका एक जना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि बिवाद उत्पन्न भएको हो । बिवाद पछि गणना स्थल बाहिर झडपको अवस्था सृजना भएको छ । गठबन्धन दलका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेका छन् । थप बिवरण आउन बाँकी रहेको […]

सही तरिकाले मतदान कसरी गर्ने ?

काठमाण्डाै - मतदान अधिकृतले मतपत्र दिएपछि गोप्य मतदानस्थलमा जानुपर्ने हुन्छ । त्यहाँ स्वस्तिक छाप र स्ट्याम्प राखिएको हुन्छ । मतपत्रमा स्वस्तिक छाप नै लगाउनुपर्ने हुन्छ । पहिला छाप लगाएको चिह्नमा मसी अलि गाडा हुन सक्छ । मसी कम भयो भने फेरि स्वस्तिकलाई स्ट्याम्प प्याडमा चोब्नुपर्छ । मतगणना गर्दा स्पष्ट हुने गरी चिह्नमा छाप लगाउनुपर्छ । मतपत्र पट्याउँदा स्वस्तिक छाप लगाएको ठाउँ पछिल्लो सेतो भागमा पार्नुपर्छ । चिह्नमा भएको मसी सेतो भागमा पर्दा मत बदर हुँदैन ।  मतपत्रमा सातवटा चिह्नमा मतसङ्केत गरी मतदान गर्नुपर्छ । पहिलो ठाडो ...