कर्मचारीकाे साथमा स्वस्तिक छाप र माेबाइल भेटिएपछि इलाममा झडप, प्रहरीद्वारा दुई राउण्ड हवाइ फायर

झापा- इलामको देउमाई नगरपालिकामा प्रहरीले हवाइ फायर गरेको छ। मतगणनाको क्रममा झडप भएपछि प्रहरीले हवाइ फायर गरेको हो। स्थितिलाई नियन्त्रणमा लिन दुई राउण्ड फायर गरिएको इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए। मतगणना स्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि विवाद उत्पन्न भएको थियो। विवादले उग्ररूप लिएपछि झडपको अवस्था आएको […]