कैलालीको गोदावरीमा मतगणनास्थलमै स्वस्तिक छाप भेटिएपछि....

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा मतगणना स्थलमा स्वस्तिक छाप फेला परेपछि मतगणना प्रभावित बनेको छ। मत परिणामको तथ्यांक रुजु गर्ने कोठामा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि गणना प्रभावित बनेको हो। नेकपा एमालेले विरोध जनाएपछि मतगणना स्थगित भएको बताइएको छ। एमालेले सत्तारुढ गठबन्धनमाथि चुनावमा धाँधली गर्न स्वस्तिक छाप निर्वाचन अधिकृतको कार्यकक्षमा फेला परेको आरोप लगाएको छ। उक्त स्वस्तिक छाप फेला परेको कोठामा गठबन्धननिकट मानिने गोदावरी नगरपालिकाका एक जना कर्मचारीसमेत भेटिएको भन्दै एमालेले छ

सम्बन्धित सामग्री

रविले प्रदेशसभाको मतपत्रमा लगाएनन् स्वस्तिक छाप

४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् । उनले आज बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसाले तर प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप लगाएनन् । उनले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् […]

महोत्तरीमा स्वस्तिक छाप लगाएको मतपत्रसहित समातियो भारतीय गाडी

जनकपुरधाम : महोत्तरीमा स्वस्तिक छाप लगाइएका मतपत्र बोकेको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ३ स्थित गौरीडाँडाबाट शुक्रबार राति ८ बजे स्वस्तिक छाप लगाइएका मतपत्र बोकेको एच आर ३६ एस ५४७१ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए।पँगेनीका अनुसार सूर्य चिह्नमा स्वस्तिक छाप लगाएको २६२ थान नमूना मतपत्र फेला परेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो। पक्राउ परेको गाडी इल

उम्मेदवारलाई प्रश्न नगर्ने हामी कस्ता मतदाता ?

अहिलेको मतदाता शिक्षाले ‘मैले मतपत्रमा स्वस्तिक छाप सदर हुने गरी लगाएँ की लगाइनँ’ भन्नेमात्रै सिकाउँछ ।

बन्दुकको गोलीमा स्वस्तिक छाप ?

इलाम जिल्लाको देउमाई नगरपालिकामा ‘सुरक्षाकर्मीको बन्दुकको गोलीमा स्वस्तिक छाप भेटिएपछि’ मतगणना स्थगित भएको छ ।

गणना स्थलमा कर्मचारीसँग स्वस्तिक छाप सहित भेटिएपछि …

इलाम । इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा बिवाद उत्पन्न भएको छ । मतगणना स्थलमा नगरपालिकाका एक जना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि बिवाद उत्पन्न भएको हो । बिवाद पछि गणना स्थल बाहिर झडपको अवस्था सृजना भएको छ । गठबन्धन दलका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेका छन् । थप बिवरण आउन बाँकी रहेको […]

मतदान केन्द्रमा गठबन्धनको स्वस्तिक छाप लगाएको 'चिट', एमालेको चर्को विरोध

पोखरा : पोखरामा सत्तारुढ गठबन्धनले मतदातालाई आफ्नो चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको ‘चिट’ बाँडेपछि एमाले कार्यकर्ताले विरोध जनाएका छन्। पोखरा महानगर वडा १६ को मतदान केन्द्रमा गठबन्धनका कार्यकर्ताले मतदातालाई स्वस्तिक छाप लगाएको ‘चिट’ बाँडेको फेला परेको भन्दै एमालेका कार्यकर्ताले विरोध गरेका हुन् । 'लाइनमा बसेका मतदातालाई चिट दिएर यो हेरेर…

सही तरिकाले मतदान कसरी गर्ने ?

काठमाण्डाै - मतदान अधिकृतले मतपत्र दिएपछि गोप्य मतदानस्थलमा जानुपर्ने हुन्छ । त्यहाँ स्वस्तिक छाप र स्ट्याम्प राखिएको हुन्छ । मतपत्रमा स्वस्तिक छाप नै लगाउनुपर्ने हुन्छ । पहिला छाप लगाएको चिह्नमा मसी अलि गाडा हुन सक्छ । मसी कम भयो भने फेरि स्वस्तिकलाई स्ट्याम्प प्याडमा चोब्नुपर्छ । मतगणना गर्दा स्पष्ट हुने गरी चिह्नमा छाप लगाउनुपर्छ । मतपत्र पट्याउँदा स्वस्तिक छाप लगाएको ठाउँ पछिल्लो सेतो भागमा पार्नुपर्छ । चिह्नमा भएको मसी सेतो भागमा पर्दा मत बदर हुँदैन ।  मतपत्रमा सातवटा चिह्नमा मतसङ्केत गरी मतदान गर्नुपर्छ । पहिलो ठाडो ...

धुर्कोटमा नमुना मतदान : स्वस्तिक छाप लगाउने ठाउँमा ल्याप्चे लगाएकाे पाइयाे

गुल्मी – वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरी गुल्मीको धुर्कोट गाउँपालिकामा गरिएको नमुना मतदानमा १३ प्रतिशत मत बदर भएको छ । आज बिहीवार धुर्कोटको हिमालय माध्यमिक विद्यालयमा भएको नमुना मतदानमा सहभागी ९० जना मतदातामध्ये १२ जनाको मत बदर भएको हो ।  मतदाता शिक्षालाई प्रभावकारी बनाउन र बदर मत कसरी कम गर्न सकिन्छ भन्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय गुल्मीले धुर्काेटमा नमुना मतदान गरेको हो । बदर मतपत्रमध्ये धेरैजसोमा मतदाताले स्वस्तिक छाप लगाउने ठाउँमा ल्याप्चे लगाएको पाइएको जिल्ला निर्वाचन अधिकारी माय...

स्वस्तिक छाप विदेशबाट ल्याउने आयोगकाे तयारी

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि स्वस्तिक छाप एक महिनाभित्र बाह्य देशबाट नेपाल आइपुग्ने जनाएको छ। आयोगले नियमित पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘कतिपय सामाग्रीहरू नेपालमा उत्पादनमा हुँदैन। २२ हजार मतदान केन्द्रमा तीनदेखि ४ वटा स्वस्तिक छाप पठाउनुपर्छ। स्वस्तिक छाप अघिपछि प्रयोग हुँदैन। त्यस्तो खालको चिज […]