राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना
निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्।...
काठमाडौँ। राष्ट्रपति चयनका लागि भएको मतदान सकिएको छ। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन कार्यालयले मतदान सकिएको जानकारी दिएको हो।
निर्वाचन कार्यालयका अनुसार संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जना मतदानमा सहभागी भएनन्।
राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत अमृता भण्डारीका अनुसार संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ मत खसेको छ ।
निर्वाचन आयोगले आजै चार बजेबाट राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना गर्ने जानकारी दिएको छ। राष्ट्रपति चयनका लागि बिहान १० बजे देखि ३ बजेसम्म नयाँ बानेश्वरमा मतदान भएको थियो। निर्वाचन आयोगले उम्मेद्वारका प्रतिनिधि टुङ्गो लागेपछि बानेश्वरमै मतगणना प्रारम्भ हुने जानकारी दिएको छ। ८ सय ८० मतदाता मध्ये संघीय संसदका ५ र प्रदेश संसदका १४ जना…