काठमाण्डाै - मतदान अधिकृतले मतपत्र दिएपछि गोप्य मतदानस्थलमा जानुपर्ने हुन्छ । त्यहाँ स्वस्तिक छाप र स्ट्याम्प राखिएको हुन्छ । मतपत्रमा स्वस्तिक छाप नै लगाउनुपर्ने हुन्छ । पहिला छाप लगाएको चिह्नमा मसी अलि गाडा हुन सक्छ ।
मसी कम भयो भने फेरि स्वस्तिकलाई स्ट्याम्प प्याडमा चोब्नुपर्छ । मतगणना गर्दा स्पष्ट हुने गरी चिह्नमा छाप लगाउनुपर्छ । मतपत्र पट्याउँदा स्वस्तिक छाप लगाएको ठाउँ पछिल्लो सेतो भागमा पार्नुपर्छ । चिह्नमा भएको मसी सेतो भागमा पर्दा मत बदर हुँदैन ।
मतपत्रमा सातवटा चिह्नमा मतसङ्केत गरी मतदान गर्नुपर्छ । पहिलो ठाडो ...