नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ६ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । डीपीआरका लागि अहिलेसम्म झन्डै ६ अर्ब रुपैयाँ सकिएको छ । डीपीआरको काम अस्ट्रेलियन कम्पनी स्मेक, अमेरिकन एमडब्लूएच र नेपालको उदय जेभीले संयुक्त रूपमा गरिरहेका छन् । सन् २०१६ मा ३१ महिनामा डीपीआरको काम सक्ने गरी नलगाड जलविद्युत् कम्पनी र सम्बद्ध परामर्शदाता कम्पनीबीच सम्झौता भएको थियो ।