पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक

काठमाडौं (अस) ।  पुष्करलाल श्रेष्ठद्वारा विभिन्न समयमा गरिएका राजनीतिक विश्लेषणयुक्त आलेखहरूको संग्रह ‘नेपाल किन बनेन ?’ नामक पुस्तक सार्वजनिक गरिएको छ । श्रेष्ठको उक्त पुस्तक आइतवार सार्वजनिक गरिएको हो । स्व. श्रेष्ठले ‘नेपाल किन बनेन ?’ शीर्षकमा लेखेको लेख नै उनको जीवनको अन्तिम लेख बन्यो, जुन २०७५ मंसिर १४ मा नेपाल समाचारपत्रमा प्रकाशित भएको थियो । उनको अन्तिम लेखको शीर्षकबाटै किताबको नाम राखिएको हो । कामना समूहका संस्थापक श्रेष्ठको तृतीय वार्षिक पुण्यतिथिका अवसरमा सार्वजनिक ‘नेपाल किन बनेन ?’ उनको दोस्रो पुस्तकाकार कृति हो । यसअघि गतवर्ष मंसिर १५ मा कामना समूहको वार्षिकोत्सवको अवसरमा ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ यात्रा संस्मरण प्रकाशित भएको थियो । यात्रा संस्मरणमा उनले यूरोप, अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र एशियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक अनुभूति समेटेका थिए । ‘नेपाल किन बनेन ?’ले मुलुकको राजनीतिक तथा सामाजिक प्रवृत्तिगत अवस्थाको विस्तृत चित्रण गरेको छ । कामना न्यूज पब्लिकेशन्स प्रालिद्वारा प्रकाशित यस पुस्तकमा समेटिएका आलेखहरूको विशेषता गहिराइसम्म पुगेर गरिएको तटस्थ विश्लेषण हो । पुस्तक प्रकाशक तथा कामना न्यूज पब्लिकेशन्सका प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले पत्रकार पिताका विषयमा दुई मार्मिक लेख समेत समावेश गरेका छन् । किताबमा सञ्चारविद् प्रा. रामकृष्ण रेग्मी, महिला मानवअधिकार अभियन्ता वन्दना राणा, वरिष्ठ पत्रकारद्वय डा. कुन्दन अर्याल, देवप्रकाश त्रिपाठी र वरिष्ठ साहित्यकार एसपी आशाबाट लेखक तथा पत्रकार पुष्करलाल श्रेष्ठप्रति अभिव्यक्त धारणा पनि समेटिएका छन् । नेपालको अवस्था बुझ्न चाहने हरेक पाठकका लागि ‘नेपाल किन बनेन’ निकै सहयोगी स्रोत सामग्री हुनेछ ।

सम्बन्धित सामग्री

नेपाल किन बनेन ?

नेताहरूले मुलुकका लागि केही काम गरेनन् । त्यसैले यो मुलुक बन्न नसकेको हो भनेर हामीले धेरै लेखिसक्यौँ, बोलिसक्यौँ । तर, यसको उत्तर खोज्दै जाँदा हामीले चाहिँ आफ्नो तर्फ बाट मुलुकका लागि आजसम्म के गरेका छौँ त, अनि हामीचाहिँ कस्ता छौँ त ? कसैलाई सोधिरहनै पर्दैन । त्यो त हामीले हाँक्ने मोटरसाइकलको हँकाइबाटै सबै कुरा प्रष्ट […]

देशको रखवारी : युवालाई समयमै जिम्मेवारी

नेपाल किन बनेन भन्ने बहस बेला बेलामा चल्ने गरेको छ  ।  बीबीसी नेपालीका दिवंगत पत्रकार सुशील शर्माले पहिले पटक यो बहस गहन ढंगले सुरु गरेका थिए । पछि गएर यो वहसमा रवीन्द्र मिश्र, मुमाराम खनाल, स्वर्णिम वाग्ले, लीलामणि पौडेल, गगन थापालगायत अरु नागरिक समाजका अगुवा पनि यसमा जोडिए  ।नेपाल किन बनेन भन्ने बहस बिचबिचमा अहिले पनि उठ्ने गरेको छ  । यस छोटो लेखमा यसैबारे गनथन गरिएको छ । म राजनीतिमा मूलतः तीन समस्या देख्छु  । पहिलो, नयाँ युगलाई बुझ्न असमर्थ फेजआउट भैसकेको जड नेतृत्व ।

‘नेपाल किन बनेन ?’ सार्वजनिक

स्वर्गीय पुष्करलाल श्रेष्ठको ‘नेपाल किन बनेन ?’ कृति सार्वजनिक गरिएको छ । श्रेष्ठले पत्रकारिताका क्रममा विभिन्न समयमा लेखेका राजनीतिक आलेखहरूको सङ्ग्रह हो– यो कृति । लोकप्रिय सिनेमा मासिक कामनाका संस्थापक प्रधान सम्पादकसमेत रहेका पुष्करलाल श्रेष्ठको तृतीय वार्षिक पुण्यतिथिका अवसर पारेर उक्त कृति सार्वजनिक गरियो । पुस्तकका प्रकाशक तथा श्रेष्ठका छोरा दिरेकलालले नेपाली पत्रकारिताको उत्थान र मिडिया उद्योगको प्रवद्र्धनका लागि पिताले पूरै जीवन समर्पण गरेको बताए । उनले भने,

‘नेपाल किन बनेन ?’ सार्वजनिक

कामना समूहका संस्थापक स्व. पुष्करलाल श्रेष्ठद्वारा विभिन्न समयमा गरेका सटिक राजनीतिक विश्लेषणयुक्त आलेखहरूको संग्रह ‘नेपाल किन बनेन ?’ नामक पुस्तक सार्वजनिक भएको छ ।  स्व. श्रेष्ठले ‘नेपाल किन बनेन ?’ शीर्षकमा...

बजारमा पुष्करलालको ‘नेपाल किन बनेन’ ?

काठमाडौँ– नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठद्वारा विभिन्न समयमा गरिएका सटिक राजनीतिक विश्लेषणयुक्त आलेखहरुको संग्रह ‘नेपाल किन बनेन ?’ नामक पुस्तक आज सार्वजनिक भएको छ । स्वर्गीय श्रेष्ठले ‘नेपाल किन बनेन ?’ शीर्षकमा लेखेको लेख नै उनको जीवनको अन्तिम लेख बन्यो, जो २०७५ साल मंसिर १४ मा नेपाल समाचारपत्रमा प्रकाशित भएको थियो । उनको अन्तिम […]

अहिलेका दल देश बनाउने साधक कि बाधक ?

धेरै अगाडिदेखि नेपालमा चल्दै आएको दुइटा चाखलाग्दा बहस हुन्, ‘नेपाल किन बनेन ?’ र, अर्को यसैसँग सम्बन्धित विषय- ‘नयाँ राजनीतिक शक्तिको आवश्यकता ।’ नेपाल झैं अरू देश नबनेका कारणबारे बाह्य अध्ययनकर्ता के भन्छन् त ? पहिला केही सोधहरू हेरौं । ‘दि इण्ड अफ पोभर्टी’ मा जेफ्रे साच्स् सुझाउँछन्- गरीब देशसँग पैसा हुँदैन । त्यही भएर […]

देश बनाउन लघुताभाष त्यागौं

देश किन बनेन भन्ने बहस चलेको केही दशक भयो । तर पनि देश बनेको अनुभूति भएन । देश नबन्नुमा हरेक व्यवस्थाले अघिल्लो व्यवस्थालाई, हरेक सत्ताले अघिल्लो सत्तालाई, हरेक सरकारले अघिल्लो सरकारलाई, हरेक मन्त्रीले अघिल्लो मन्त्रीलाई, हरेक कर्मचारीले अघिल्लो कर्मचारीलाई दोष दिन्छन् । नेपाल किन बनेन ? भनी सामाजिक सञ्जालमा गरिएको एक मत सर्वेक्षणमा सबैभन्दा बढी […]

रोडम्याप र अपेक्षा: सकिने कि सच्चिने ?

नेपाल किन बनेन ? यो प्रश्न दशकौंदेखिको स्थायी प्रश्न भईसकेको छ । हामीभन्दा धेरै पछाडी राष्ट्रको मान्यता पाएका देश र समुदायहरुले गरेका प्रगतिहरुसंग आफूलाई दाँज्दै मन कुँड्याउन थालेको पनि दशकौं भईसकेको छ ।

नेपाल निर्क्योल

सुशील शर्माबाट सुरु भएको ‘नेपाल किन बनेन’ भन्ने धारावाहिक अखबारी बहस हामीले पढेजानेकै कुरा हो । ‘नेपाल किन बनेन’ मात्रै पढिसुनिरहेका हामी अब एकछिन ठ्याक्कै उल्टो सुनिने ‘नेपाल कसरी बन्योे’ भन्ने प्रश्नमा घोत्लिऔँ । नेपाल । पछिल्लो प्रश्नले चैँ नेपाल शब्दको कुरा गरेको है ।