स्वर्गीय पुष्करलाल श्रेष्ठको ‘नेपाल किन बनेन ?’ कृति सार्वजनिक गरिएको छ । श्रेष्ठले पत्रकारिताका क्रममा विभिन्न समयमा लेखेका राजनीतिक आलेखहरूको सङ्ग्रह हो– यो कृति । लोकप्रिय सिनेमा मासिक कामनाका संस्थापक प्रधान सम्पादकसमेत रहेका पुष्करलाल श्रेष्ठको तृतीय वार्षिक पुण्यतिथिका अवसर पारेर उक्त कृति सार्वजनिक गरियो । पुस्तकका प्रकाशक तथा श्रेष्ठका छोरा दिरेकलालले नेपाली पत्रकारिताको उत्थान र मिडिया उद्योगको प्रवद्र्धनका लागि पिताले पूरै जीवन समर्पण गरेको बताए । उनले भने,