युक्रेन सीमानजिक रुसका १५ वटा बमवर्षक विमान तैनाथ

युक्रेनभन्दा १०० माइल पर एक धावनमार्गमा रुसले १५ वटा सुपरसोनिक लडाकू विमान तथा बमवर्षक विमान तैनाथ गरेको छ ।    भूउपग्रहीय तस्वीरहरूमा रुसको वायुसेना तम्तयार अवस्थामा देखिन्छ ।  यसरी लडाकू विमान राखेर रुसले छिमेकी मुलुक युक्रेनमा आक्रमण गर्न लागेको भनी विज्ञहरूले डर व्यक्त गरेका छन् ।  ती विमानहरू १३ सय ६७ माइल प्रतिघन्टाको गतिमा उड्न सक्छन् र एक मिनेटमा १८ सय राउन्ड गोली प्रहार गर्न सक्छन् ।  यी तस्वीरहरूमा रुसले क्राइमिया र युक्रेनी सीमा नजिक सैन्य गतिविधि बढाएको देखिन्छ । उसले सेना,...

सम्बन्धित सामग्री

युक्रेनले लडाकु विमान प्राप्त गर्दै

किभ- युक्रेनले सन् २०२४ मा एफ-१६ लडाकु विमान प्राप्त गर्ने भएको छ । विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशले सन् २०२४ को पहिलो छ महिनामा एफ–१६ लडाकु विमान प्राप्त गर्न सक्ने बताएका हुन् । “मलाई लाग्छ यो अर्को वर्षको पहिलो छ महिनामा हुनेछ”, उनको भनाइ उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार संस्थाले जनाएको छ । उचित पूर्वाधारको व्यवस्था […]

युक्रेन प्रकरणले रुस र अमेरिकाबीच सीधा टकरावको खतरा

एजेन्सी । युक्रेन युद्ध प्रकरणले दुई ठूला शक्ति राष्ट्र रुस र अमेरिकाबीच सिधा टकरावको खतरा बढेको छ । मंगलबार अमेरिकाको एउटा मानवरहित ड्रोन रुसी लडाकु विमानसँग ठोकिएर दुर्घटनाग्रस्त भएलगत्तै अन्तर्राष्ट्रिय सुरक्षामा गम्भिर चुनौती थपिएको हो । रुसी लडाकु विमानसँग ठोकिएर आफ्नो एम. क्यु. नाइन ड्रोन विमान कृष्ण सागरमा खसेको अमेरीकी रक्षा मन्त्रालयको दाबी छ । […]

युक्रेन जाने उडानहरू रद्द

एजेन्सी, २ फागुन। रुसले युक्रेनमाथि कुनै पनि बेलामा आक्रमण गर्न सक्ने भन्दै केही विमान कम्पनीहरूले युक्रेनका लागि उडान रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल्जजीराले लेखेको छ । तर, व्यापारिक उडानका लागि आफ्नो हवाईक्षेत्र खुला राख्न युक्रेनले करोडौं रुपैयाँ खर्च गर्ने प्रतिबद्धता जनाएको हो । विमान कम्पनीहरूले युक्रेनतर्फको उडान निलम्बन गरेपछि युक्रेन सरकारले पनि रुसी नागरिकहरूलाई देश […]

रुसको लडाकू विमान मिगमा किन्जाल क्षेप्यास्त्र जडान, तर्सियो पश्चिम

युक्रेन संकट चलिरहेको बेलामा रुसले बाल्टिक सागरको तटमा रहेको कालिनिनग्रादमा मिग–३१के फक्सहाउन्ड लडाकू विमान तैनाथ गरेको छ ।  उक्त विमानमा किन्जाल हाइपरसोनिक क्षेप्यास्त्र पनि जडान गरिएको छ ।  रुस र नेटो दुवैले अत्याधुनिक हतियार तैनाथ गरिरहेको अवस्थामा रुसले कालिनिनग्रादको चकालोव्स्क नेभल एयरबेसमा किन्जाल क्षेप्यास्त्र सहितको लडाकू विमान तैनाथ गरेको हो ।  किन्जाल अर्थात् छुरा क्षेप्यास्त्रको अनुमानित रेन्ज १२ सय ४० माइल छ । यसले ५०० किलोटनको आणविक वारहेड पनि बोक्न सक्छ । त्यो भनेको हिरोशिमामा अम...

बेलारुसमा रुसले गश्ती गर्न पठायो आणविक बमवर्षक विमान

रुसले नेटोसँगको तनाव बढिरहेको बेलामा आफ्नो सहयोगी मुलुक बेलारुसमा आणविक बमवर्षक विमान शनिवार पठाएको छ । रुसका रक्षा मन्त्रालयका अनुसार, दुईवटा टीयू–२२एम३ विमानहरूले बेलारुसका वायुसेना र वायु रक्षासँग मिलेर चार घन्टा अभ्यास गरेको छ ।  युक्रेन र रुसबीचको तनाव दिनदिनै बढिरहेको छ । युक्रेनमाथि रुसले जुनबेला पनि आक्रमण गर्न सक्ने भनी पश्चिमले हल्ला गरिरहेको छ ।  अभ्यासका क्रममा बेलारुसमा गश्ती गर्दै विमानहरू कैयौंपटक उडे । बेलारुसको सीमा युक्रेनको उत्तरमा पर्छ ।  रुसले साइबेरिया र सुदूर...

रुस–युक्रेन संकट : नेटोले पूर्वी यूरोपमा युद्ध पोत र लडाकु विमान पठायो

युक्रेन मुद्दाबारे रुस र पश्चिमा देशबीच जारी तनाव बढेको छ ।  सोमबार नेटोले पूर्वी युरोपमा अतिरिक्त लडाकू विमान र युद्ध पोत तैनाथीको घोषण गरेसँगै युक्रेन संकट थप गहिरिएको बीबीसीले जनाएको छ। उता, युक्रेनमाथि रुसको हमलाको आशंकाका बीच आयरल्यान्डले पनि आफ्नो तटीय क्षेत्रमा युद्ध जस्तो अवस्था उत्पन्न हुन नदिने जनाएको छ ।  युक्रेनमाथि रूसी हमलाको अवस्थामा अमेरिका र युरोपीय संघ कडा जवाफी कार्वाहीको लागि साझा कदम उठाउने सम्भावना बारे छलफल गरिरहेका छन् । रुसले आफ्नो छिमेकी देश युक