बेलारुसमा रुसले गश्ती गर्न पठायो आणविक बमवर्षक विमान

रुसले नेटोसँगको तनाव बढिरहेको बेलामा आफ्नो सहयोगी मुलुक बेलारुसमा आणविक बमवर्षक विमान शनिवार पठाएको छ । रुसका रक्षा मन्त्रालयका अनुसार, दुईवटा टीयू–२२एम३ विमानहरूले बेलारुसका वायुसेना र वायु रक्षासँग मिलेर चार घन्टा अभ्यास गरेको छ ।  युक्रेन र रुसबीचको तनाव दिनदिनै बढिरहेको छ । युक्रेनमाथि रुसले जुनबेला पनि आक्रमण गर्न सक्ने भनी पश्चिमले हल्ला गरिरहेको छ ।  अभ्यासका क्रममा बेलारुसमा गश्ती गर्दै विमानहरू कैयौंपटक उडे । बेलारुसको सीमा युक्रेनको उत्तरमा पर्छ ।  रुसले साइबेरिया र सुदूर...