युक्रेन जाने उडानहरू रद्द

एजेन्सी, २ फागुन। रुसले युक्रेनमाथि कुनै पनि बेलामा आक्रमण गर्न सक्ने भन्दै केही विमान कम्पनीहरूले युक्रेनका लागि उडान रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल्जजीराले लेखेको छ । तर, व्यापारिक उडानका लागि आफ्नो हवाईक्षेत्र खुला राख्न युक्रेनले करोडौं रुपैयाँ खर्च गर्ने प्रतिबद्धता जनाएको हो । विमान कम्पनीहरूले युक्रेनतर्फको उडान निलम्बन गरेपछि युक्रेन सरकारले पनि रुसी नागरिकहरूलाई देश […]

सम्बन्धित सामग्री

युनाइटेड म्यानपावरको इजाजत रद्द

२९ भदौ, काठमाडौं । सरकारले युनाइटेड म्यानपावर एजेन्सीको इजाजत रद्द गरेको छ । विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीमा युक्रेन, रोमानिया र पोल्याण्ड पठाउने प्रलोभनमा रकम लिएको तर नपठाएको उजुरीपछि वैदेशिक रोजगार विभागले यस कम्पनीका सञ्चालकलाई सम्पर्क गरेको …

चीनले ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलको बेइजिङ भ्रमण रद्द

बेइजिङ । चीनले युरोपेली संघका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको बेइजिङ भ्रमण रद्द गरेको छ। यो विकास चीन र ईयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा ...

चीनले ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलको बेइजिङ भ्रमण रद्द

बेइजिङ । चीनले युरोपेली संघका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको बेइजिङ भ्रमण रद्द गरेको छ। यो विकास चीन र ईयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा ...

चीनले ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलको बेइजिङ भ्रमण रद्द

बेइजिङ । चीनले युरोपेली संघका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको बेइजिङ भ्रमण रद्द गरेको छ। यो विकास चीन र ईयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा ...

चीन-ईयू व्यापार असहमति बढ्दो, विदेश मामिला प्रमुखको भ्रमण रद्द

चीन र ईयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई लिएर बेइजिङले यो भ्रमण रद्द गरेको हो ।

पर्वतारोहण : एशियाली आरोही बढ्ने अपेक्षा, युरोपेली घट्न सक्ने

२३ फागुन, काठमाडौं । यो वर्षको पर्वतारोहण सिजन नजिकिएसँगै आरोहणका लागि तयारी सुरु भएको छ । तर रुस–युक्रेन युद्धको असर पर्वतारोहणमा पनि पर्ने देखिएको छ । यी दुई देश बीचको जारी युद्धका कारण युरोपेली मुलुकबाट आउने आरोहीको संख्या घट्ने नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ बताउँछन् । ‘रुस र युक्रेनबाट हुने प्रि–बुकिङ करिब रद्द भइसकेका […]

रद्द हुन थाले कन्साइन्मेन्ट

वीरगञ्ज । रूस–युक्रेन युद्ध शुरू भएलगत्तै नेपालका लागि आउने खानेतेल र पशुपन्छीको दानाको कच्चा पदार्थ र खाद्यान्नलगायत आपूर्तिमा समस्या देखिएको छ । युक्रेनबाट आउने सूर्यमुखी र भटमासको अर्धप्रशोधित तेलको कन्साइन्मेन्ट रद्द भएको आयातकर्ताले बताएका छन् । रूस र युक्रेनबीच तनाव बढेसँगै यस्ता वस्तुको सिपमेन्टमा ढिलाइ भइरहेकोमा युद्ध शुरू भएपछि सिपमेन्ट हुन छोडेको वीरगञ्जस्थित नारायणी आयलका सञ्चालक निखिल चाचानले बताए । नेपालका एक दर्जभन्दा बढी तेल खानेतेल उत्पादकले युक्रेनबाट कच्च पदार्थ ल्याउँछन् । युक्रेनमा गत बुधवार रूसले आक्रमण गरेपछि नेपालका लागि आउन तयारी अवस्थामा रहेको कच्चा पदार्थ समुद्री बन्दरगाहमा रोकिएको छ । युद्धले असामान्य स्थिति बनेको भन्दै सिपरले धमाधम अर्डर रद्द गर्न थालेको ओसीबी फुडका सञ्चालक सुरेश रुंगटाले जानकारी दिए । ‘कच्चा पदार्थ बोकेर आउन तयारी अवस्थामा रहेका पानीजहाज युद्ध शुरू भएपछि बन्दरगाहमै रोकिए । अवस्था कहिले सामान्य हुन्छ टुंगो नभएकाले अन्योल बढेको छ,’ रुंगटाले भने । नेपालका तेल उत्पादकले आयात गर्ने अर्धप्रशोधित सूर्यमुखी र भटमासको तेलको ८० प्रतिशतभन्दा बढी परिमाण युक्रेनबाटै आपूर्ति हुँदै आएको छ । तोरीको अधिकांश परिमाण त्यही देशबाट आउँछ । युक्रेनको तोरीको गुणस्तर अन्य देशको तुलनामा राम्रो हुने भएकाले अधिकांश परिमाण त्यहीँबाट आयात हुने चाचानले जानकारी दिए । अधिकांश उद्योगमा १० देखि १५ दिनसम्मको कच्चा पदार्थ स्टक हुने भएकाले यस्ता वस्तुको आपूर्तिमा तत्कालै समस्या नदेखिने दाबी रुंगटाको छ । ‘उद्योगमा १/२ दिनको स्टक हुन्छ । कोलकाता बन्दरगाहको स्टकले थप १०/१२ दिनजति धान्ला । त्यसपछि आपूर्तिमा समस्या आउन सक्छ,’ उनले आर्थिक अभियानसित भने । अर्का आयातकर्ता ओमप्रकाश मोर रूस–युक्रेन युद्ध चाँडै समाधान नभए खाने तेल, गहुँ, मकै, दलहन र पेट्रोलियम पदार्थको आपूर्तिमा गम्भीर समस्या निम्तिने बताउँछन् । यस्ता वस्तुको स्रोतमै समस्या भएपछि अभाव हुने र त्यसका आडमा मूल्यवृद्धिको मार पर्ने व्यवसायी मोरको तर्क छ । युद्ध रोकिएपछि पनि युक्रेनलाई पुरानो लयमा फर्किन समय लाग्ने भएकाले त्यहाँबाट हुने आयात सामान्य अवस्थामा आउन त्यति नै समय लाग्ने व्यावसायीको भनाइ छ । मूल्यमा निरन्तर दबाब युक्रेनबाट हुने आयात अवरुद्ध भएपछि त्यस्ता उत्पादनको मूल्यमा दबाब परेको छ । उद्योगी रुंगटाले अब भटमासको खानेतेल प्रतिलिटर ३०० रुपैयाँ माथि जाने दाबी गरे । अहिले यसको कारखाना मूल्य २५० देखि २६० रुपैयाँसम्म रहेको उनले बताए । युक्रेनबाट आपूर्ति अवरुद्ध भएपछि व्यवसायीले यस्ता वस्तुका लागि अस्ट्रेलिया र क्यानडाको विकल्प सोच्न थालेको चाचानले बताए । तर, ती देशका उत्पादनको माग बढेपछि मूल्य पनि बढ्ने उनको भनाइ छ । रूस र युक्रेनबीच तनाव बढेदेखि मूल्यमा दबाब शुरू भएको हो । ‘अन्तरराष्ट्रिय बजारमा तोरीको मूल्य प्रतिमेट्रिक टन ७५० बाट १०५० अमेरिकी डलर पुगिसकेको छ । भटमास र पाम तेलको मूल्य १२ सयबाट १७ सय डलरसम्म पुग्यो,’ उनले भने । सूर्यमुखीको कच्चा तेलको आपूर्ति अवरुद्ध भएपछि भटमास र पाम तेलको मूल्यमा थप चाप पर्ने व्यवसायी बताउँछन् । १० दिनअघिसम्म प्रतिमेट्रिक टन ७०० अमेरिकी डलर रहेको भटमासको पीनाको भाउ ९०० डलर पुगेको आयातकर्ता रुंगटाले बताए । भटमासको मूल्य टनको १४५० बाट १७५० डलरमा उक्लिएको छ । यो पशुपन्छीको दानाको कच्चा पदार्थ हो । युद्धकै कारण इन्धनको भाउ बढेकाले पनि यसको चक्रीय प्रभाव उपभोक्ता मूल्यमा पर्ने उद्यमीहरू बताउँछन् । मकै र धानको अधिकांश परिमाण भारतबाट आउने भए पनि विश्व बजारमा अभाव हुँदा त्यसको प्रभाव स्वतः मूल्यमा देखिने रुंगटा बताउँछन् ।

युक्रेन संकट र रुस : अहिलेसम्म के भयो ?

युक्रेन र रुसबीचको गतिरोध युद्धको स्थितिमा पुगिसकेको छ ।रुसका राष्ट्रपतिको आदेश (युक्रेनमा विद्रोहीको कब्जा भएको इलाका डोनेत्स्क र लुहान्स्कलाई मान्यता) पछि विश्वव्यापी स्तरमा घटनाक्रम हरपल फेरिएको छ ।पछिल्ला केही घण्टाका प्रमुख घटनाक्रममाथि एक नजरः–ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति जो बाइडेन रुसका राष्ट्रपति पुटिनसँग शिखर सम्मेलनमा भाग नलिने स्पष्ट पारिसकेको छ ।– अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले पनि बिहिबार आफ्ना रुसी समकक्षीसँग हुने बैठक रद्द गरेका छन् । उनले एक बयानमा र

ट्रम्पले रद्द गरे पुटिनसँगको वार्ता

युक्रेन र रुसबीच तनाव बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको प्रस्तावित बैठक रद्द गरेका छन्। ट्रम्पले जी–२० सम्मेलनका क्रममा हुने तय भएको पुटिसँगको वार्ता रद्द गरेको बताए। उनले रुसले नियन्त्रणमा लिएको युक्रेनको पानी जहाज फिर्ता नपठाएकाले पुटिनसँग वार्ता नहुने स्पष्ट पारे। गत आइत...