रुसले पछिल्लो पटक युक्रेनमा हवाई आक्रमण गरेपछि भौतिक पूर्वाधारमा व्यापक क्षति भएको छ ।
हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा क्षति भएको हो । मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परि चार जनाले ज्यान गुमाएका छन् भने १२ जनाभन्दा धेरै घाइते भएका छन् ।
रुस–युक्रेन युद्धको ९ महिना बितिसकेको छ । मस्कोले अत्याधुनिक क्षेप्यास्त्रसहित आक्रमणका घटना बढाएको समाचार संस्था एपीले जनाएको छ । यी आक्रमणबाट भएको क्षतिपछि ऊर्जा तथा खाद्य सुरक्षामा विश्वव्यापी चिन्ता व्यक्त गरिएको छ ।
युक्रेनका २४ क्षेत्रहरू...