बाटो खन्दा पानी ठप्प

अर्घाखाँचीको पूर्वीक्षेत्रको बल्कोट, केरुंगा र चिदीका गाउँमा ल्याइएको छत्रगन्जको मढेलचौर खानेपानी मुहानमाथि दशकअघि सडक खन्न डोजर चलाइयो । बाटो बन्यो तर पानीको मुहान सुक्यो । बाटो खन्दा हराएको पानी भेटिएन । पानी ठप्प भएपछि गाउँका ट्यांकी, धारा पनि फुटेर हराइसके ।

सम्बन्धित सामग्री

डुबानका कारण धनगढी विद्युत कार्यालयमा काम ठप्प

वर्षापछि जलमग्न भएको नेपाल विद्युत् प्राधिकरणको धनगढीस्थित वितरण केन्द्रमा दैनिक काम ठप्प भएको छ । कार्यालय परिसरमा तीन/चार फिटसम्म पानी जमेको छ । दशैँको बिदा सकिएपछि आइतबारदेखि सबै कार्यालयको काम सञ्चालन भए पनि विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र परिसरमा पानी जमेका कारण अझै काम सुरु हुन नसकेर ठप्प रहेको हो । विद्युत् महसुल बुझाउन आज …

पहिरोका कारण नागढुंगा नौबिसे र मुग्लिन नारायणगढ सडकखण्ड ठप्प

काठमाण्डौ – पहिरोका कारण नागढुंगा नौबिसे र मुग्लिन नारायणगढ सडकखण्ड ठप्प भएको छ । बिहान ८ बजे पछि नागढुंगा नौबिसे सडकखण्ड अन्तरगतको सुरुङमार्गमा पहिरो खस्दा दुईतर्फी नै सडक ठप्प भएको प्रहरीले जनाएको छ । यस्तै, मुग्लिन नारायणगढ सडकखण्ड अन्तरगत चितवनको १८ किलोमा पहिरो खसेको छ । यसले यो सडकखण्ड पनि दुईतर्फी नै ठप्प भएको छ ।   अस्तिदेखि परेको वर्षाका कारण यो सडकखण्डमा पहिरो गएको हो । पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ । लगातार पानी परिरहेकाले यात्रामा निकस्नु अघि मौसम र स...

घोराही–होलेरी, तुलसीपुर–सल्यान र घोराही–तुलसीपुर सडक ठप्प

दाङ - लगातारको वर्षाका कारण दाङको घोराही–तुलसीपुर सडक खण्ड अवरुद्ध भएको छ । घोराहीको सेवार खोला र तुलसीपुर नजिक रहेको काला खोलामा आएको बाढीका कारण सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभएको छ । पानी पर्न नरोकिएकाले पदैल यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । नदी किनारमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन प्रहरीको आग्रह छ । यसैबीच दाङको घोराहीदेखि रोल्पाको होलरी शहीद मार्ग पनि ठप्प  छ ।  ठाउँ ठाउँमा खसेको लेदोसहितको पहि...

ठाउँ-ठाउँमा पहिरो गएपछि डुम्रे–बेसीसहर–मनाङ सडक ठप्प

काठमाण्डाै - पहिरोका कारण डुम्रे–बेसी सहर–मनाङ सडक ठप्प रहेको छ । निरन्तरको वर्षापछि बाढी र पहिरोले डुम्रे–बेसीसहरमा बनाइएको डाइभर्सन बगाएपछि सडक बन्द भएको हो । यो सडक गएको असार ४ गते पहिरोले बगाएपछि डाइभर्सन बनाएर खुलाइएको थियो । तर, पानी पर्दा डाइभर्सन बगाएपछि  सडक बन्द भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिनुभयो। यस्तै, लमजुङको उदिपुरमा पहिरो खसेको छ । बेसीसहर–मनाङमा पनि ठाउँठाउँमा पहिरो गएको छ । पहिरोका कारण मनाङसँगको सडक सञ्जाल व...

बाढीले काठेपुल बगाएपछि आवतजावत ठप्प

सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –९ चुँगाड खोलाले काठेपुल बगाएपछि आवतजावत ठप्प भएको छ।पुल बगाएपछि यहाँका ९, १० र ११ मा सर्वसाधारण नगरपालिको केन्द्र तथा सदरमुकाम दुनैसम्म आवतजावत कार्य ठप्प भएको छ। खोलामा ठूलो मात्रामा पानी बढेका कारण पार गर्न नसकेकोे स्थानीयवासीले बताए। औषधी उपचार, बैंकिङ सेवा, किनमेल, लगायतका कामका लागि  त्रिपुरोकाट बजार आउने सर्वसाधारण पनि रोकिएको स्थानीय रणबहादुर बूढाले जानकारी दिए। खोलामा पुल निर्माण नभएसम्म यहाँका सर्वसाधारण आवतजावत गर्न सक्

वर्षायाम सुरू भएसँगै कच्ची सडक ठप्प, स्थानीयलाई सास्ती

खोटाङ – वर्षायाम सुरू भएसँगै खोटाङका अधिकांश कच्ची सडक ठप्प भएको छन्। वर्षाको सिजन सुरू भएसँगै कच्ची सडक हिलाम्मे भएपछि काठमाडौँ-लामीडाँडा-खार्पा-दुबेकोल-ऐसेलुखर्क, दिक्तेल-मात्तिम-टेम्मा-याम्खा-पञ्चमी-खोटाङबजार, दिक्तेल-राजापानी-रेग्मीटार-रसुवा, दिक्तेल-जालपा-हौँचुर-फेदी माक्पा-ऐसेलुखर्क, दिक्तेल-पाथेका, दिक्तेल-खार्मी-बालाबेँसी, रसुवा-सिमपानी-खोटाङबजार, रसुवा-रोक्सिङ-पञ्चमी-याम्खा-मात्तिम र रसुवा-टेम्मा-छितापोखरी सडक अवरुद्ध भएका हुन्। पानी पर्दा विभिन्न ठाउँमा सडक बिग्रेकाले ग्रामीण क्षेत्र जोड्ने सडकमा बस तथा जीप चल्न छाडेको खोटाङ यातायात प्रालिले जनाएको छ। […]

गोरखा बजारमा दुई सातादेखि पानी वितरण ठप्प

गोरखा-गोरखा बजारमा खानेपानी अभाव देखिन थालेको छ । पृथ्वीनारायण खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नियमित वितरण गर्न नसक्दा खानेपानी अभाव देखिन थालेको हो ।करिब दुई सातादेखि बजार क्षेत्रमा नियमित पानी वितरण हुन नसकेको संस्थाका ब्यवस्थापक आशकाजी श्रेष्ठले बताए । “विद्युत आपूर्ति नियमित हुन नसक्दा खानेपानी वितरणमा पनि समस्या परेको छ,” श्रेष्ठले भने, “३ ठाउँमा पानी […]

मुग्लिन हुँदै चल्ने सबै गाडी रोकिए : ठूलाे पानी र पहिरो खसिरहेकाले हटाउन समस्या

काठमाण्डाै - पहिरोका कारण नौबिसे–मुग्लिन र मुग्लिन-नारायणगढ सडक खण्ड ठप्प भएको छ । घोप्टेभिरमा ठूलो पहिरो खसेकाले गएराति ११ बजेदेखि नै नौबिसे – मुग्लिन सडक खण्ड ठप्प छ। पहिरो हटाउन एक्स्काभेटर र डोजर तयारी अवस्थामा राखिए पनि ठूलो वर्षासँगै पहिरो पनि खसिरहेकाले समस्या भएको त्यहाँ रहेका प्रहरी निरीक्षक एवम् मुग्लिनका इन्चार्ज  सुन्जित तामाङले जानकारी दिनुभयो । उहाँकाअनुसार ठूलाठूला ढुङ्गासहित पहिरो खसिरहेको छ । पानी पनि ठूलो परिरहेकाले पहिरो हटाउन सकिएको छैन । पानी पर्न रोकिएपछि मात्रै ...

खराब मौसमका कारण तराई क्षेत्रका विमानस्थलमा उडान ठप्प

काठमाण्डाै – खराब मौसमका कारण तराई क्षेत्रका विमानस्थलमा हवाइ उडान ठप्प भएको छ । जनकपुर, विराटनगर, भैरहवा, सिमरा, नेपालगञ्ज लगायतका तराई क्षेत्रका विमानस्थलमा हुने उडान ठप्प रहेको विमानस्थल कार्यालयहरुले जनाएका छन्  । काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने एक दर्जन भन्दा धेरै उडान हुन सकेका छन् । पूर्वी तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ भने पश्चिम तराईमा मौसम बदली भएर पानी पर्न थालेको छ ।

पहिरोका कारण देशका धेरै राजमार्ग ठप्प, पानी परिरहेकाले पहिरो हटाउन समस्या

काठमाण्डाै – केही दिनदेखि लगातार परेको पानीका कारण देशका धेरै ठाउँमा पहिरो गएको छ । पहिरोका कारण धेरै राजमार्ग ठप्प भएका छन् । पहिरोले बैतडीको पुर्चौडी नगरपालिका ६ ढोलेको खोड्पे–बझाङ सडक खण्ड बन्द भएको छ । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यस्तै पहिरोका कारण बाग्लुङ–पोखरा सडक खण्ड पनि ठप्प छ । गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक खण्ड पनि पहिराेका कारण ठप्प भएको छ । तम्घास–रिडी सडक खण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका १३ को भगाँरी खोलामा साेमवार राति...