काठमाण्डाै - पहिरोका कारण डुम्रे–बेसी सहर–मनाङ सडक ठप्प रहेको छ । निरन्तरको वर्षापछि बाढी र पहिरोले डुम्रे–बेसीसहरमा बनाइएको डाइभर्सन बगाएपछि सडक बन्द भएको हो ।
यो सडक गएको असार ४ गते पहिरोले बगाएपछि डाइभर्सन बनाएर खुलाइएको थियो । तर, पानी पर्दा डाइभर्सन बगाएपछि सडक बन्द भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिनुभयो।
यस्तै, लमजुङको उदिपुरमा पहिरो खसेको छ । बेसीसहर–मनाङमा पनि ठाउँठाउँमा पहिरो गएको छ । पहिरोका कारण मनाङसँगको सडक सञ्जाल व...