पहिरोका कारण देशका धेरै राजमार्ग ठप्प, पानी परिरहेकाले पहिरो हटाउन समस्या

काठमाण्डाै – केही दिनदेखि लगातार परेको पानीका कारण देशका धेरै ठाउँमा पहिरो गएको छ । पहिरोका कारण धेरै राजमार्ग ठप्प भएका छन् । पहिरोले बैतडीको पुर्चौडी नगरपालिका ६ ढोलेको खोड्पे–बझाङ सडक खण्ड बन्द भएको छ । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यस्तै पहिरोका कारण बाग्लुङ–पोखरा सडक खण्ड पनि ठप्प छ । गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक खण्ड पनि पहिराेका कारण ठप्प भएको छ । तम्घास–रिडी सडक खण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका १३ को भगाँरी खोलामा साेमवार राति...

सम्बन्धित सामग्री

पहिरोका कारण सुदूरपश्चिमका मुख्य राजमार्ग बन्द

काठमाण्डाै - पहिरोका कारण सुदूरपश्चिमका मुख्य राजमार्ग बन्द भएका छन् । डडेलधुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग बन्द भएकाे जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो गएको छ । लगातारको वर्षाका कारण सुदूर पहाडका राजमार्ग तथा ग्रामीण सडकहरु बन्द भएका छन् । यस्तै, पहिरो जाँदा महाकाली राजमार्ग पनि बन्द भएको छ । आज बिहान खसेको पहिराेले राजमार्गअन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक बन्द भएको हो । सडक खुलाउन उपकरण पठाइएको जिल्ला प्रहरी कार्य...

पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

मुस्ताङ – अविरल वर्षासँगै खसेको पहिरोका कारण आज बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ। मुस्ताङको थसाङ गाँउपालिका–४ घोप्टेभिर र थाप्लाङमा आज विहान पहिरो खसेको थियो। पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा आवागमन अवरुद्ध भएको छ। पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

पहिरोका कारण मध्यमहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ अक्करे भिरमा गएराति लेदो माटो सहितको पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ ।  पहिरो हटाउन पहल भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । लोकमार्गमा झरेको पहिरोका कारण देशको पूर्वी भेगतर्फ जाने आउने सवारी साधन पूर्ण रुपमा प्रभावित भएका छन् ।

पहिरोका कारण आज यी सडक अवरुद्ध छन्

अविरल वर्षापछि खसेको पहिरोका कारण दार्चुला, पाल्पा र चितवनमा सडक अवरुद्ध भएका छन् ।  दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित गोकुलेश्वर–दार्चुला सडकखण्डमा बिहीबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउदेखोलास्थित सिद्धार्थ राजमार्गमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।  चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा अविरल वर्षाको कारण शुक्रबार बिहान पहिरो जाँ

पहिरोका कारण वेशीसहर चामे सडक अवरुद्ध

पहिरोका कारण वेशीसहर चामे सडक अवरुद्ध भएको छ । मनाङको नासो गाउँपालिका १ म्यार्दी भिरमा आज बिहान पहिरो खस्दा वेशीशहर चामे सडकखण्डमा आवागमन रोकिएको हो । आज बिहान ७ बजे पहिरो खसेको र हटाउनको लागि समन्वय भइरहेको मनाङ प्रहरीले जनाएको छ ।

पहिरोका कारण अवरुद्ध भएको काठमाडौं-मुग्लिन सडक सञ्चालन

काठमाडौँ – पहिरोका कारण अवरुद्ध भएको काठमाडौं- मुग्लिन सडक सञ्चालन भएको छ । पृथ्वी राजमार्गको मुग्लिन नजिकै इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलामा गएको पहिरो सफा गरेसँगै सडक सञ्चालनमा आएको हो । बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध भएको थियो । बिहीबार बिहानबाट पहिरो हटाउन सुरु गरिएको र मध्याह्न १२ […]

भीमफेदीको पान्द्राङमा पहिरोका कारण यातायात अवरुद्ध

मकवानपुर– हेटौँडा–भैँसे हुँदै भीमफेदी जाने सडकखण्डमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ। भीमफेदी गाउँपालिको पान्द्राङस्थित माथिबाट पहिरो खस्दा उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकीले जनाएको छ। पहिरोका कारण भीमफेदी हुँदै हेटौँडातर्फ आउने सवारीसाधन र भीमफेदीतर्फ जाने यात्रु समस्यामा परेका छन्। भैँसे प्रहरीका अनुसार पहिरो हटाउने काम भइरहेको छ। उक्त स्थानमा यसअघि पनि माथिबाट […]

भीमफेदीको पान्द्राङमा पहिरोका कारण यातायात अवरुद्ध

हेटौँडा–भैँसे हुँदै भीमफेदी जाने सडकखण्डमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिको पान्द्राङस्थित माथिबाट पहिरो खस्दा उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकीले जनाएको छ । पहिरोका कारण भीमफेदी हुँदै हेटौंडातर्फ आउने सवारीसाधन र भीमफेदीतर्फ जाने यात्रु समस्यामा परेका छन् । भैँसे प्रहरीका अनुसार पहिरो हटाउने काम भइरहेको छ । उक्त स्थानमा यसअघि पनि माथिबाट खसेको पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको थियो ।

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्डअन्तर्गत सुर्नया गाउँपालिका– ३ धरमघर भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरोका कारण बिहान ९ः०० बजेदेखि राजमार्ग अवरुद्ध बनेको  प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । केही दिनअघि परेको लगातारको वर्षाका कारण खसेको पहिरो आज बिहान पनि खसेको हो ।   राजमार्ग अवरुद्ध हुँदा २० भन्दा बढी सवारी साधन रोकिएका प्रहरीले जनाएको छ । सवारी साधन रोकिँदा यात्रु बीच बाटैमा अलपत्र प

कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाढी पहिरोका कारण बस्ती जोखिममा

कास्की - कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाढी पहिरोका कारण बस्ती जोखिममा परेका छन् । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ को हाइजुङमा पहिरोका कारण ५०, ६० वटा घर जोखिममा परेकाे गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । लगातार परेको वर्षाका कारण पहिरो गएको उहाँले बताउनुभयो । पहिरोका कारण ज्ञानोदय आधारभूत विद्यालय पनि जोखिममा परेको छ । भिरालो जमिन भएका कारण पहिरो जाने क्रम नरोकिएको उहाँले बताउनुभयो । यस्तै, मोदी खोलामा आएको बाढीले यही गाउँपालिकाको वडा नम्बर ७ मा नदी आसपासका क्षेत्रमा रहेको बस्ती पनि जो...