मुग्लिन हुँदै चल्ने सबै गाडी रोकिए : ठूलाे पानी र पहिरो खसिरहेकाले हटाउन समस्या

काठमाण्डाै - पहिरोका कारण नौबिसे–मुग्लिन र मुग्लिन-नारायणगढ सडक खण्ड ठप्प भएको छ । घोप्टेभिरमा ठूलो पहिरो खसेकाले गएराति ११ बजेदेखि नै नौबिसे – मुग्लिन सडक खण्ड ठप्प छ। पहिरो हटाउन एक्स्काभेटर र डोजर तयारी अवस्थामा राखिए पनि ठूलो वर्षासँगै पहिरो पनि खसिरहेकाले समस्या भएको त्यहाँ रहेका प्रहरी निरीक्षक एवम् मुग्लिनका इन्चार्ज  सुन्जित तामाङले जानकारी दिनुभयो । उहाँकाअनुसार ठूलाठूला ढुङ्गासहित पहिरो खसिरहेको छ । पानी पनि ठूलो परिरहेकाले पहिरो हटाउन सकिएको छैन । पानी पर्न रोकिएपछि मात्रै ...

सम्बन्धित सामग्री

नारायणगढ मुग्लिन सडकः चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध

पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छ कि भन्ने चिन्ता हुन्छ। बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो ।...

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो

चितवन : नारायणगढ–मुग्लिन खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो ।पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए। निरन्तर पानी परिरहेकाले बगिरहेको पहिरो पन्छाउन कठिन भएको छ। पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन बाटोमै रोकिएका छन्।

नारायणगढ–मुग्लिन पहिरो : दशकाैंदेखिकाे समस्या, दीर्घकालीन समाधान कहिले ?

वर्षायाम सुरु भएसँगै पानी पर्दा लेदोसहितको र पानी नपर्दा सुख्खा पहिरो खस्दा सवारी साधन तथा यात्रुलाई सास्ती हुने गरेको छ । सर्वसाधारणले यस्तो समस्या भोग्न थालेको वर्षौं भइसक्यो र अहिले पनि जस्ताको तस्तै छ ।

मध्यपहाडी राजमार्गमा जताजतै पहिरो, यात्रुलाई सास्ती

खुर्कोट घुर्मि सडक खण्डको गोलञ्जोर गाँउपालिकास्थित अक्करे भिरमा पानी पर्नासाथ पहिरो खस्ने समस्याले यात्रुलाई हैरानी भएको छ। मध्यपहाडी राजमार्ग आयोजनाले उक्त स्थानमा पहिरो नियन्त्रण गर्न नसक्दा हालसम्म सो स्थानमा सडक कालोपत्रे समेत हुन सकेको छैन।...

नारायणघाट–मुग्लिन सडक खण्डमा पहिरो खस्दा यात्रुलाई सास्ती

काठमाण्डाै : नारायणघाट–मुग्लिन सडक खण्डमा फेरि पहिरो खस्दा यात्रुलाई सास्ती भएको छ । राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो । अहिले पहिरो पन्छाएर बिस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन प्रहरीले जनाएको छ । पहिरो पन्छाउँदै गाडी खुलाउँदै गरिए पनि पानी परिरहेकाले सडक पूर्णरूपमा खुल्न सकेको छैन । अहिले गाडी चापमा चलिरहेका र जाम रहेको मुग्लिन प्रहरीले जनाएको छ । हिजो शुक्रवार बिहान पनि त्यही ठाउँमा पहिरो खस्दा घण्टौँसम्म गाडी जाम भएको थियो । दिउँसो पहिरो पन्छ...

थुनिएको म्याग्दीकाे गुर्जाखोलाबाट पानी बग्न थाल्याे

म्याग्दी । पहिरोले थुनिएको म्याग्दीको धौलागिरि गाउँपालिका १ मा गुर्जाखोलाबाट प्राकृतिकरूपमा पानी बग्न थालेको छ । शनिबार पहिरो खस्दा थुनिएको खोला बग्न थालेपछि तटीय क्षत्रमा जोखिम घटेको छ । पहाड खसेर लामो समय खोला थुनिएर बनेको तलाउको पानी बग्न थालेको र तलाउको सतह घट्दै गएको वडा झकबहादुर अध्यक्ष छन्त्यालले जानकारी दिनुभएको छ । खोलामा पहिरो […]

पहिरो थुनिएको गुर्जा खोलाबाट पानी बग्न थालेपछि जोखिम टर्यो

म्याग्दी : पहिरोले थुनिएको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोलाबाट पानी बग्न थालेपछि सम्भावित जोखिम हटेको छ। गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर खस्दा थुनिएको खोला आइतबारदेखि प्राकृतिकरुपमा बग्न थालेपछि तटीय क्षेत्रको सम्भावित जोखिम टरेको हो।खोला थुनिएर बनेको तलाउबाट पानी बग्न थालेपछि तटीय क्षेत्रमा रहेको जोखिम कम भएको पहिरो स्थलको स्थलगत निरीक्षणमा पुगेका वडा नम्बर १ का अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। पानी बग्न थालेको र तलाउको सतह घट्दै गएको छन्त्यालले बताए।

ठाउँठाउँमा पहिरो झर्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

वर्षासँगै ठाउँठाउँमा पहिरो झर्दा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक अवरुद्ध भएको छ । पाल्पाको सिद्धाबाबा, झुम्सा र गौडेपुलमा पहिरो झरेको हो । गएराति देखि सडक अवरुद्ध हुँदा ठाउँ ठाउँमा सवारी रोकिएका छन् ।  लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका डिएसपी डिल्ली नारायण पाण्डेले ठूलो पानी परिरहेकोले पहिरो सफा गर्न समस्या भएको बताए । ‘ठूलो पानी पर्दा सडकको अवस्था जोखिमपूर्ण रहेको हुँदा ट्राफिक प्रहरीसँग बुझेर मात्र यात्रा गर्न आग्रह गर्छु ।’ तानसेन गुल्मी तम्घास सडक भने सुचारु छ ।...

निरन्तर वर्षाले पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध

काठमाडौं : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक सुर्य थापाले जानकारी दिए।   जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ। 'पानी निरन्तर परि…

पोखरा-बाग्लुङ सडकखण्डमा पहिरो, बाटो बन्द

पर्वत - पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत-बाग्लुङ सडकखण्ड बन्द भएको छ । पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गएरातिदेखि नै बाटो बन्द भएको हो । निरन्तर पहिरो झरिरहेकाले हटाउने कामसमेत प्रभावित भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो । पानी नरोकिएकाले निरन्तर लेदो झरिरहेका कारण समस्या भएको र बाटो खुलाउन तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । एम्बुलेन्स र ढुवानीका गाडी गुड्न सकेका छैनन् । बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका ठाउँबाट थप उपचार...