नेपाल सेवाको शेयर विन लघुवित्तको नाममा डिम्याट खातामा, सुचिकृत पछि कारोबार हुने

नेपाल सेवा लघुवित्तको शेयर विन नेपाल लघुवित्तको नाममा डिम्याट खातामा आएको छ । नेपाल सेवा लघुवित्तले विन लघुवित्तलाई गाभेपछि अब विन नेपाल लघुवित्तको नामबाट कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको WNLB सिम्बलबाट कारोबार हुने छ । कम्पनीको शेयर विन नेपाल लघुवित्तको नाममा डिम्याट खातामा आईसकेको छ। अब कम्पनीको थप शेयर नेप्सेमा सुचिकृत भएपछि कम्पनीको कारोबार सुरु हुने छ । नेपाल सेवा लघुवित्तले अर्को कम्पनीलाई गाभ्ने भएपछि नेपाल सेवाको कारोबार २०७७ पुस १ गते बन्द छ । कारोबार बन्द हुँदा कम्पनीको अन्तिम शेयर मूल्य प्रति कित्ता ८३० रुपैयाँ थियो । अब विन लघुवित्तको नाममा कम्पनीको कारोबार हुने छ । २ कम्पनीले कार्तिक १७ गतेबाट एकिकृत कारोबार सुरु गरेका हुन्। विन नेपाल लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु भएको हो । साविकको इजाजतपत्रप्राप्त नेपाल सेवा लघुवित्तले विन लघुवित्तलाई सो संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सर्ने गरी गाभेपश्चात् कार्तिक १५ गते सोमबारका दिनदेखि साविकका दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा “विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड' को नामबाट एकीकृत कारोबार सञ्चालन गरेको हो।दुवै संस्थाको जेठ २४ बसेको साधारणसभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो । मर्जपछि कम्पनीको केन्द्रिय कार्यालय हाल नेपाल सेवा लघुवित्तको मुख्य कार्यालय रहेको स्थान सिन्धुपाल्चोकको मेलम्चीमा रहने छ । विनले आईपिओ निष्काशन नगरेको हुँदा संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात ७०:३० बनाउन कम्पनीले एफपिओ निष्काशन गर्ने छ ।

सम्बन्धित सामग्री

अंकित मूल्यभन्दा कममै कारोबार खुला भएको समाज लघुवित्तको अहिले कति छ शेयर मूल्य ?

काठमाडौं । लघुवित्त क्षेत्रमा यस्तो कम्पनी छ, जसको दोस्रो बजारमा पहिलो कारोबार ७२ रुपैयाँ १० पैसामा भएको थियो । पछिल्लो कारोबार दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ८९६ रुपैयाँ कायम भएको छ । करीब ३ वर्ष शेयर कारोबार रोकिँदा कम्पनीका आईपीओ खरीदकर्ताले समेत शुरुका दिनमा घाटा व्यहोर्नुपरेको थियो ।  सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि धितोपत्र दोस्रो बजारमा सूचीकृत भएकै दिनदेखि कम्पनीको शेयर कारोबार रोक्का भएको थियो । यस कम्पनीले २०७७ भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी भदौ १५ गते बाँडफाँट गरेको थियो ।  आईपीओ बाँडफाँटपछि कम्पनीले २०७७ असोज ८ गते धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराए पनि स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर सम्झौताका कारण सोही दिनदेखि कम्पनीको शेयर कारोबार रोकका भएको थियो । मर्जर प्रक्रिया टुङ्गोमा पुग्न नसकेको स्वस्तिक र समाज लघुवित्तले २०७७ असोज ५ गते प्रारम्भिक सम्झौता गरेका थिए ।  करीब तीन वर्षपछि २०८० असार ३१ गतेदेखि लागू हुने गरी आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गरिएको हो । २०८० साउन १ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीका आईपीओधनी यतिबेला प्रतिकित्ता १ हजार ७९६ रुपैयाँ नाफामा छन् ।  करीब तीन वर्ष आफ्नो लगानी बन्धक बनाएका समाज लघुवित्तका लगानीकर्ताले कारोबार खुला भएको चार महीनासम्म घाटा व्यहोर्नुपरेको थियो । कम्पनीको शेयर मूल्य १०० रुपैयाँ कायम हुन करीब चार महीना लागेको नेप्सेको तथ्याङ्कले देखाउँछ ।  यो बीचमा कम्पनीका शेयरधनीका लागि कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबाट २ करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त प्रस्ताव २०८० साउन ३१ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभामार्फत पारित भएको थियो । तर, उक्त बोनस शेयर कम्पनीले हालसम्म धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको देखिँदैन ।  धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा हुनेछ । आईपीओ कारोबारका लागि करीब तीन वर्ष कुर्नुपरेको समाज लघुवित्तका शेयरधनीले पारित भएको आठ महीना बितिसक्दा पनि बोनस शेयर प्राप्त गर्न सकेका छैनन् ।

समता घरेलु लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतवार (आज) समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ५ दशमलव ४३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६७४ कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७०० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर सोमवारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ७२५ दशमलव १८ कायम भएको छ ।  नेप्सेल बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९७ दशमलव ७० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

३० महिनापछि आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा

आँधिखोला लघुवित्तले शेयर कारोबार आजदेखि सुचारु हुने भएको छ । नेपाल स्टक एक्सच्नेज नेप्सेले आज जेठ २७ गतेदेखि कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।नेपाल राष्ट्र बैंकले जेठ २४ गते मंगलबार शेयर कारोबार फुकुवा गर्नको अनुमति दिदै पत्र पठाएको थियो।   सो पत्र कम्पनीले नेप्सेमा दर्ता गराएपछि नेप्सेले आज जेठ २७ गतेदेखि कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । मर्जर भाडिएपछि लामो समयदेखि आँधिखोला लघुवित्तको शेयर कारोबार रोक्का थियो । आँधिखोला लघुवित्त र धौलागिरि लघुवित्तले  २०७६ पौष २ गते मर्जमा जाने सम्झौता गरेका थिए । त्यसयता  कम्पनीको कारोबार रोक्का थियो । बीचमा मर्जर भाडिएपछि कारोबार कहिले सुरु हुने भन्नेमा अन्योल रहेको थियो  । स्याङ्गजाको बयरघारीमा केन्द्रिय कार्यलय रहेको आँधिखोला र बाग्लुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरिबीच  मर्जर सम्झौता भएको हो।  मर्जर पश्चात बन्ने लघुवित्तको नाम 'धौलागिरी आधीँखोला लघुवित्त' हुने सहमति थियो। दुवैबीच समान स्वाप अनुपातमा मर्जर हुन लागेको थियो।  तर बीचमा मर्जर भाडिएपछि दुवै कम्पनीले डिमर्जको लागि राष्ट्र बैंकमा अनुरोध गरेकोमा रश्र्ता बैंकले डिमर्जको अनुमति दिएको थियो । तर शेयर कारोबार भने रोक्का नै थियो  ।अब भने ३० महिनापछि कम्पनीको शेयर कारोबार खुलेको छ  ।

मानुषी लघुवित्तको शेयर कारोबार आज नहुने

मानुषी लघुवित्तको शेयर कारोबार आज नहुने भएको छ । आजको प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार नभएपछि नियमित समयमा कारोबार नहुने भएको हो।नेप्सेमा आइतबार कम्पनीको १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सुचिकृत भएको थियो  । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १३२.६९ रुपैयाँदेखि ३९८.०७ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्जको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने ब्यबस्था छ। तर आजको प्रि ओपनमा कम्पनीको मूल्य म्याच नभएपछि मूल्य तय नभएकोले नियमित समयमा कारोबार नहुने भएको हो ।  अब मंगलबारको प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार भएमा मंगलबारेदेखि नियमित समयमा कम्पनीको कारोबार हुने छ ।  कम्पनीको कारोबारको लागि MLBS सिम्बल तोकिएको छ । कम्पनीले साउन २७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको  थियो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो  ।जस मध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारीलाई र जारी पुंजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६ सय ८८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए । कम्पनीको केन्द्रिय कार्यालय काभ्रेमा रहेको छ ।

मानुषी लघुवित्तको शेयर कारोबार आजबाट खुल्दै

काठमाडौं, ११ असोज । मानुषी लघुवित्त वित्तिय संस्थाको प्राथमिक शेयर आजदेखि बजारमा कारोबार खुल्ला हुने भएको छ । नेप्सेले हिजो कम्पनीको शेयर सुचिकृत गरेसँगै आईपीओ दोस्रो बजारमा कारोबार खुल्ला हुने भएको हो । आइतबार कम्पनीले १ सय दरका १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सुचिकृत गराएको थियो । पहिलो कारोबारको नेप्सेले न्युनतम […]

आरम्भ चौतारी लघुवित्तको नेप्सेमा शेयर कारोबार खुल्यो

आरम्भ चौतारी लघुवित्तको नेप्सेमा बिहीवारदेखि कारोबार खुला भएको छ । मर्जर सम्झौताको कारण नेप्सेमा शेयर कारोबार रोक्का रहेको लघुवित्तको मर्जर सम्झौता रद्द भएसँगै साढे तीन महिनापछि नेप्सेमा आरम्भ चौतारीको शेयर कारोबार खुलेको हो । आरम्भ चौतारी लघुवित्त र अन्य दुई लघुवित्तसँग मर्जर सम्झौता भएपछि गत असोज ९ गतेदेखि आरम्भ चौतारी लघुवित्त शेयर कारोबार नेप्सेमा बन्द हुँदै आएको थियो । आरम्भ र चौतारीको नेप्सेमा एसिएलबिएसएल संकेतमा कारोबार हुँदै आएको थियो । आरम्भ चौतारी तथा सिवाईसी नेपाल र शालिग्राम लघुवित्तले गत असोज ९ गते...