अंकित मूल्यभन्दा कममै कारोबार खुला भएको समाज लघुवित्तको अहिले कति छ शेयर मूल्य ?

काठमाडौं । लघुवित्त क्षेत्रमा यस्तो कम्पनी छ, जसको दोस्रो बजारमा पहिलो कारोबार ७२ रुपैयाँ १० पैसामा भएको थियो । पछिल्लो कारोबार दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ८९६ रुपैयाँ कायम भएको छ । करीब ३ वर्ष शेयर कारोबार रोकिँदा कम्पनीका आईपीओ खरीदकर्ताले समेत शुरुका दिनमा घाटा व्यहोर्नुपरेको थियो ।  सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि धितोपत्र दोस्रो बजारमा सूचीकृत भएकै दिनदेखि कम्पनीको शेयर कारोबार रोक्का भएको थियो । यस कम्पनीले २०७७ भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी भदौ १५ गते बाँडफाँट गरेको थियो ।  आईपीओ बाँडफाँटपछि कम्पनीले २०७७ असोज ८ गते धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराए पनि स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर सम्झौताका कारण सोही दिनदेखि कम्पनीको शेयर कारोबार रोकका भएको थियो । मर्जर प्रक्रिया टुङ्गोमा पुग्न नसकेको स्वस्तिक र समाज लघुवित्तले २०७७ असोज ५ गते प्रारम्भिक सम्झौता गरेका थिए ।  करीब तीन वर्षपछि २०८० असार ३१ गतेदेखि लागू हुने गरी आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गरिएको हो । २०८० साउन १ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीका आईपीओधनी यतिबेला प्रतिकित्ता १ हजार ७९६ रुपैयाँ नाफामा छन् ।  करीब तीन वर्ष आफ्नो लगानी बन्धक बनाएका समाज लघुवित्तका लगानीकर्ताले कारोबार खुला भएको चार महीनासम्म घाटा व्यहोर्नुपरेको थियो । कम्पनीको शेयर मूल्य १०० रुपैयाँ कायम हुन करीब चार महीना लागेको नेप्सेको तथ्याङ्कले देखाउँछ ।  यो बीचमा कम्पनीका शेयरधनीका लागि कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबाट २ करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त प्रस्ताव २०८० साउन ३१ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभामार्फत पारित भएको थियो । तर, उक्त बोनस शेयर कम्पनीले हालसम्म धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको देखिँदैन ।  धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा हुनेछ । आईपीओ कारोबारका लागि करीब तीन वर्ष कुर्नुपरेको समाज लघुवित्तका शेयरधनीले पारित भएको आठ महीना बितिसक्दा पनि बोनस शेयर प्राप्त गर्न सकेका छैनन् । 

सम्बन्धित सामग्री

स्वरोजगार लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ५९१ दशमलव ६८ कायम भएको छ ।  नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६३३ दशमलव १० मा अन्तिम कारोबार भएको थियो । यही मूल्यका आधारमा आइतवार कम्पनीको  शेयर कारोबार खुला हुनेछ ।

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बजार मूल्यभन्दा ८२ रुपैयाँ घटीमा विक्री खुला

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको ९३६ कित्ता शेयर असार ८ गतेदेखि विक्रीमा ल्याएको छ । ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको उक्त शेयर प्रतिकित्ता रू. ७०० मा विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गरिएको हो ।  धितोपत्र दोस्रो बजारमा कम्पनीको संस्थापकतर्फको शेयर मूल्य पछिल्लो कारोबार दिन प्रतिकित्ता रू. ७८२ कायम भएको छ । बजार मूल्यभन्दा रू. ८२ कम मूल्यमा कम्पनीको संस्थापक शेयर विक्रीमा आएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  यो शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीवार दुई लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले डिप्रोक्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो । डिप्रोक्स लघुवित्तले फागुन १९ गते र सपोर्ट लघुवित्तले फागुन २१ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो । यी दुवै कम्पनीका फागुन १८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग र लाभांश पाउन योग्य छन् ।  नेप्सेले बिहीवार सपोर्ट लघुवित्तको अन्तिम शेयर मूल्य रू. १ हजार १०० को आधारमा ११ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ९९० दशमलव ९९ तोकेको छ । त्यस्तै नेप्सेले बिहीवार डिप्रोक्स लघुवित्तको अन्तिम शेयर मूल्य रू. ८१९ को आधारमा १० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ७४४ दशमलव ५५ तोकेको छ । आइतवार यी दुवै कम्पनीको शेयर कारोबार समायोजन मूल्यको आधारमा खुला हुनेछ ।

ग्लोबल आइएमई लघुवित्त र आदर्श लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमवार दुई कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । यी दुवै कम्पनीले यस वर्षको लाभांश तथा आगामी साधारण सभा प्रयोजनका लागि फागुन १६ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो । नेप्सेले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गते कायम अन्तिम शेयर मूल्य रू. १ हजार ३ दशमलव ५० को आधारमा १२ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ८९५ दशमलव ९८ तोकेको छ । त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गतेसम्म कायम अन्तिम शेयर मूल्य रू. १ हजार ६५० को आधारमा २० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. १ हजार ३७५ तोकेको छ । मंगलवार यी दुवै कम्पनीको शेयर कारोबार समायोजन मूल्यको आधारमा खुला हुनेछ । बुक क्लोजको आधारमा दुवै कम्पनीका फागुन १५ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।  ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन २४ गते साधारण सभा बोलाएको छ । त्यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट  शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ३० गते साधारण सभा आह्वान गरेको छ ।

महिला लघुवित्तको शेयरमा नकारात्मक सर्किट, शेयर मूल्य १० % घट्यो

वैशाख २६, काठमाडौंमा । साताको पहिलो कारोबार दिन आइतवार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४ हजार ५२७ मा कायम भएको हो । कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो । त्यसोत कम्पनीको शेयर विगत ३३ दिनदेखि सकारात्मक सर्किट लाग्दै आएको थियो । आइतवार पुन : विक्रेता हावी हुँदा शेयर मूल्य घटेको देखिन्छ ।  आइतवार कम्पनीको शेयर रू.५ हजार २८१ मा खुला भएर उच्च मूल्य रू. ५ हजार ४९३ सम्म पुगेको थियो ।  यो समाचार तयार पार्दाको समय २ : ३८ बजेसम्ममा मार्केट डेप्थमा उक्त कम्पनीको शेयर विक्री आदेश २८ हजार ७१७ रहेको छ भने खरीद आदेश शून्य रहेको छ ।

महिला लघुवित्तको शेयर ८.१३ % घट्यो, शेयर मूल्य प्रतिकित्ता रू. ४६२१ मा झर्‍यो

वैशाख २६, काठमाडौंमा । साताको पहिलो कारोबार दिन आइतवार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव १३ प्रतिशत कमि आएको छ ।  यो समाचार तयार पार्दाको समय ११ : ५७ बजेसम्ममा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४ हजार ६२१ मा कायम भएको छ ।  कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो । त्यसोत कम्पनीको शेयर मूल्यले विगत ३३ दिनदेखि पोजेटिभ सर्किट लगाउँदै आएको थियो । पुन : विक्रेता हावी हुँदा कम्पनीको शेयर मूल्य घटेको देखिन्छ ।  आइतवार कम्पनीको शेयर रू.५ हजार २८१ मा खुला भएर उच्च मूल्य रू. ५ हजार ४९३ सम्म पुगेको थियो ।

मूल्य समायोजन पछि जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य १० % ले वृद्धि

वैशाख २३, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीवार १० प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ९७२ पुगेको हो । कम्पनीको बोनस शेयर बुधवार मूल्य समायोजन भएको थियो ।  बुधवार नेप्सेले कम्पनीको ४९ दशमालव ४० प्रतिशत बोनस शेयरको समायोजन गरेको थियो । समायोजन पछि कम्पनीको शेयर मूल्य नेप्सेले रू. ३ हजार ६११ तोेकेको हो । बिहीवार कम्पनीको शेयर रू. ३ हजार ७९१ मा खुला भएको हो । यो समाचार तयार पार्दाको समय ११ : ३२ बजेसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग १५ हजार ५१९ रहेको छ भने विक्रेता शून्य रहेको छ ।

मर्जर पश्चात खुलेको समता घरेलु लघुवित्तको शेयरमूल्य १० % बढ्यो

वैशाख २१, काठमाडौं । मर्जरपछि कारोबार खुलेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य मंगलवार १० प्रतिशतले वृद्धि भएको छ ।  योदिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०५ पुगेको हो । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था बीच एक आपसमा मर्जरमा गएपछि समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट मंगलवारदेखि शेयर कारोबार खुला भएको हो ।  कम्पनीको शेयर प्रतिकित्ता रू. ५५० मा खुला भएको थियो । दुई कम्पनी बीच एक आपसमा मर्जमा भई एकीकृत कारोबार शुरु गरेपछि शेयर कारोबार खुला भएको हो ।