समता घरेलु लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतवार (आज) समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ५ दशमलव ४३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६७४ कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७०० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर सोमवारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

सम्बन्धित सामग्री

समता घरेलु लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतवार (आज) समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ५ दशमलव ४३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६७४ कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७०० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर सोमवारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

आरएमडिसीसहित तीन लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार तीन लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आरएमडीसी लघुवित्त, समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य समायोजन गरिएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी लघुवित्तहरूले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरिदिएको हो ।  नेप्सेले आरएमडीसीको २६ प्रतिशत, समता घरेलुको १५ प्रतिशत र मनकामना स्मार्टको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात् आरएमडीसी लघुवित्तको शेयर मूल्य रू. ७३८ दशमलव २५, समता घरेलु लघुवित्तको रू. ६३९ दशमलव ५७ र मनकामना स्मार्ट लघुवित्तको रू. ७२५ दशमलव ५४ कायम भएको छ । नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी लघुवित्तहरूको शेयर मूल्य समायोजन गरेको हो । मंगलबार दोस्रो बजारमा आरएमडीसी लघुवित्तको शेयर प्रतिकित्ता रू. ९३० दशमलव २०, समता घरेलुको रू. ७३५ दशमलव  ५० र मनकामना स्मार्टको रू. ७६० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर बुधवार अर्थात् आज दोस्रो बजारमा यी लघुवित्तहरूको शेयर कारोबार खुल्नेछ ।

नेप्सेमा लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज मङ्सिर २४ गते बुक क्लोज गर्ने निर्णय गरेका लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको शेयर मूल्य आज समायोजन भएको हो । यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर २४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले मङ्सिर २३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । लक्ष्मी बैंकको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २७०.३७ रुपैंया कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २९२ थियो ।  त्यस्तै समता घरेलु लघुवित्तको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता  ११२५.८३ रुपैंया कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३५१ थियो ।  लक्ष्मी बैंकले पुष ८ गते आफ्नो २१ औं बार्षिक साधारणसभा गर्न लागेको छ । बैंकले साधारणसभा प्रयोजनार्थ मङ्सिर २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर २३ सम्म कायम सेयरधनिहरुले मात्रै बैंकको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्। बैंकको साधारणसभाको एजेन्डामा प्रस्तावित लाभांश स्वीकृति गर्ने लगायतका बिषयहरु रहेका छन्। बैकले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्ना सेयरधनिहरुलाई ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश मध्ये ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश रहेको छ।  हाल बैंकको चुक्तापुंजी १० अर्ब ६९ करोड ५६ लाख रहेको छ।  समता घरेलु लघुवित्तले पुस ७ गते आफ्नो आठौँ बार्षिक साधारणसभा डाकेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ मङ्सिर २४ गतेको लागि बुक क्लोज मिति तय गरेको छ।  मङ्सिर २३ गतेसम्म कायम सेयरधनिहरुले समताले गत आर्थिक बर्षको घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन भने साधारणसभामा भाग लिन पाउनेछन् ।  समताले आर्थिक बर्ष २०७७-०७८ बाट आफ्नो सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कात्तिक १५ गतेको समताको संचालक समितिको ११८ औं बैठकले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो। समताको चुक्तापुंजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँ रहेको छ। २० प्रतिशत बोनस सेयर वितरण पश्चात समताको चुक्तापुंजी ३४ करोड नाघ्नेछ। घरेलु लघुवित्तसँगको मर्जर पश्चात समताले यहि बैशाखबाट एकीकृत कारोबार थालेको हो। त्यसैले लाभांशको लागि सेयरधनीहरुले कुनै लाभांश कर तिर्नुपर्ने छेन। त्यस्तै एजिएमको अर्को एजेन्डामा एफपीओ निष्काशन गर्ने प्रस्ताव समेत रहेको छ। हाल समतामा रहेको संस्थागत ७० र सर्वसाधारणको ३० प्रतिशतको सेयर संरचना परिवर्तन गर्ने कम्पनीको लक्ष्य छ।  त्यस्तै साधारणसभाको अर्को महत्त्वपूर्ण एजेन्डा बनेको संस्थागतबाट ४ जना र सर्वसाधारणबाट २ जना संचालक नियुक्त गर्ने कार्यक्रम रहेको छ।