मानुषी लघुवित्तको शेयर कारोबार आज नहुने भएको छ । आजको प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार नभएपछि नियमित समयमा कारोबार नहुने भएको हो।नेप्सेमा आइतबार कम्पनीको १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सुचिकृत भएको थियो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १३२.६९ रुपैयाँदेखि ३९८.०७ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्जको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने ब्यबस्था छ। तर आजको प्रि ओपनमा कम्पनीको मूल्य म्याच नभएपछि मूल्य तय नभएकोले नियमित समयमा कारोबार नहुने भएको हो । अब मंगलबारको प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार भएमा मंगलबारेदेखि नियमित समयमा कम्पनीको कारोबार हुने छ । कम्पनीको कारोबारको लागि MLBS सिम्बल तोकिएको छ । कम्पनीले साउन २७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।जस मध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारीलाई र जारी पुंजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६ सय ८८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए । कम्पनीको केन्द्रिय कार्यालय काभ्रेमा रहेको छ ।