आरम्भ चौतारी लघुवित्तको नेप्सेमा शेयर कारोबार खुल्यो

आरम्भ चौतारी लघुवित्तको नेप्सेमा बिहीवारदेखि कारोबार खुला भएको छ । मर्जर सम्झौताको कारण नेप्सेमा शेयर कारोबार रोक्का रहेको लघुवित्तको मर्जर सम्झौता रद्द भएसँगै साढे तीन महिनापछि नेप्सेमा आरम्भ चौतारीको शेयर कारोबार खुलेको हो । आरम्भ चौतारी लघुवित्त र अन्य दुई लघुवित्तसँग मर्जर सम्झौता भएपछि गत असोज ९ गतेदेखि आरम्भ चौतारी लघुवित्त शेयर कारोबार नेप्सेमा बन्द हुँदै आएको थियो । आरम्भ र चौतारीको नेप्सेमा एसिएलबिएसएल संकेतमा कारोबार हुँदै आएको थियो । आरम्भ चौतारी तथा सिवाईसी नेपाल र शालिग्राम लघुवित्तले गत असोज ९ गते...

सम्बन्धित सामग्री

नेप्से २२ अंकले घट्यो, सबैभन्दा बढी शेयर कारोबार निफ्राको

बुधवार शेयर बजारको मापक सूचक नेप्से परिसूचक २२.११ अंकले घटेको छ । नेप्से ०.७८ प्रतिशतले घटेर २८१३.४७ बिन्दुमा सीमित भएको छ ।  बजार घटेसँगै कारोबार रकमसमेत जम्मा तीन अर्ब ४७ करोड रूपैयाँमा मात्रै सीमित भएको छ । आज २२३ कम्पनीको ६५ लाख २० हजार कित्ता शेयरको ४५ हजार ११२ पटक मात्रै कारोबार भएको छ ।  बजार घटेको दिन सबै समूहको परिसूचक घटेको छ । शेयर बजार घटेको भए पनि लिबर्टी हाइड्रोपावरको शेयर मूल्य भने ३.०८ प्रतिशतले बढेको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि २.८० प्रतिशतले बढेको छ...

अझै ६ ओटा लघुवित्तले घोषणा गरेका छैनन् लाभांश, कुन - कुन कम्पनीको बाँकी ?

माघ ५, काठमाडौं । नेप्सेमा सूचीकृत ५१ ओटा लघुवित्त कम्पनीमध्ये हालसम्म ६ ओटा लघुवित्त वित्तीय संस्था गत आवको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी रहेका छन् ।  जीवन विकास लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था र नयाँ सारथि लघुवित्त वित्तीय संस्था लाभांश घोषणा गर्न बाँकी रहेका छन् ।  नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था मर्जरमा गएपछि एकीकृत कारोबार शुरु गरी विन नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट मंगलवार शेयर सूचीकृत गराएको छ । मर्जरका कारण रोक्का भएको कम्पनीको शेयर बुधवार फुकुवा भएको हो । कम्पनीको शेयर कारोबार फुकुवा भएपनि खरीदविक्री भने भएको छैन ।  हाल सम्ममा ४२ ओटा कम्पनीले लाभांश घोषणा गरे भने तीन ओटा कम्पनीले लाभांश घोषणा नै नगरी साधारण सभा सम्पन्न गरिसकेका छन् । सामुदायिक लघुवित्त, घोडाघोडी लघुवित्त वित्तीय संस्था र माुनषी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिईकन साधारण सभा सम्पन्न गरेका हुन् ।  गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका ४२ ओटा कम्पनीमध्ये सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाले कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले उक्त लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । त्यसैगरी सबैभन्दा कम लाभांश एनएआईसी एशिया लघुवित्त वित्तीय संस्थाको रहेको छ । कम्पनीले ५ दशमलव ४१५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।  यस कम्पनीले पनि उक्त लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । लघुवित्त कम्पनीहरुले धेरै लाभांश दिने भएकाले लगानीकर्ताको आकर्षण रहेको देखिन्छ ।  लाभांश घोषणा गरेका धेरैजसो कम्पनीहरुले साधारण सभा सम्पन्न गरिसकेका छन् दुई कम्पनीले साधारण सभा हुन बाँकी रहेको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुन बाँकी रहेको छ ।  नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले माघ ६ गते साधारण सभा आयोजना गरेको छ । सभा क्रिक रिर्सोट धादिङबेशीमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै, यस लघुवित्त वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने वा मर्जर प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।  नाडेप लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण माघ १४ गते आयोजना गरेको छ । सभा रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट नार्गजुन नगरपालिका वाड नं १ काठमाडौंमा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ ।  सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी यस लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।  सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।