काठमाडौं : नेपालका जेष्ठ कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्रीका सबै कदम गलत भएको बताएका छन्।
जवाफी बहसका क्रममा आज संवैधानिक इजलासमा भण्डारीले सिफारिस, विघटनमा धारा थप्ने, राजपत्र प्रकाशित सबै काम झुटो भएको बताएका हुन्। उनले राजपत्र प्रकाशितको मितिलाई हेर्दा पहिला नै अविश्वासको प्रस्ताव दर्ता भएको समेत तर्क गरे।…