५ वर्षअघि हराएका श्रीमान खोजी गरिदिन साबित्राको आग्रह

स्वीडेनमा सञ्चालन भयको एनआरएन युरोपेली सम्मेलनमा एनआरएन बेल्जियमका पूर्वअध्यक्ष चित्र सुबेदी मञ्चमा बोलिरहँदा सबै मौन देखिन्थे ।उनका कुरा सुनेर कतिपय भावुक पनि बनेका थिये। सुवेदीले बोल्दै गर्दा पछाडि पट्टी एकजना अधबैँसे व्यक्तिको फोटो पनि देखियो । चित्रले जब उनका बारेमा सबै बताउँदै गए तब मञ्चमा बसेर सुनेकी एन आर एन बेल्जियमकी सचिव सावित्रा गिरीले आफूलाई […]

सम्बन्धित सामग्री

हराएको युवकको खोजी गरीदिन मूल प्रवाहसँग आफन्तको आग्रह

खिमराज चालिसे, चंडिगढ । भारतमा चार वर्षअघि हराएका प्युठानको झिमरुक गाउँपालिका वडा नं ७ थापाचौर बस्ने नरबहादुर रोकाका छोरा २५ वर्षीय सुरेन्द्र रोकाको खोजि गरी दिन आफन्तले आग्रह गरेका छन् । करिब ४ वर्षअघि सन् २०१७ देखि भारतको हरियाणा राज्यको हिसारबाट बेपत्ता भएका सुरेन्द्रको खोजीका लागि उनका आफन्तले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसँग आग्रह गरेका हुन् । ड्युटी जान भनी आफ्नो कान्छा सालासँग हिसार रेलवे स्टेशनबाट बिदा भएर हिँडेको ४ वर्ष बितीसक्दा पनि उनी परिवारको सम्पर्कमा आएका छैनन् । श्रीमान हराएपछि सामान्य मजदुरी गर्दै ५ वर्षको छोरा साथमा लिएर हिसार आएकी सुरेन्द्र रोकाकी श्रीमती शान्ताले श्रीमानको खोजीकार्यमा सहयोग गरिदिन मूलप्रवाह हिसारलाई निवेदन दिएकी छन् । मूल प्रवाहले खोजतलासमा सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ। उनलाई फेला पारेमा नजिकको मूल प्रवाहको कार्यालय वा धनबहादुर ९१–९९९६२३०७३२, तारा सोमारे ९१–८०५९५१४७२७ मा सम्पर्क गर्न मूल प्रवाहले आग्रह गरेको छ ।