गंगामायाको जीवन रक्षा गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गंगामाया अधिकारीको न्याय प्राप्तिको हक सुनिश्चित गर्दै स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन सरकारसगँ आग्रह गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगरको नेतृत्वमा आज गएको सदस्यसहितको टोलीले अनशनस्थल वीर अस्पताल पुगी गंगामायाको अवस्थाको अवलोकन गर्नुका साथै भइरहेको उपचारको सम्बन्धमा वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरी लगायतका चिकित्सकसँग जानकारी लिएको छ । अनुगमनका क्रममा निजको शरीरमा आवश्यक पोषक तत्वको कमी तथा नशाहरू साँगुरिएको कारण जुनसुकै बेला पनि स्वास्थ्यमा गम्भीर समस्या आई जीवन नै जोखिममा पर्न सक्ने बुझिएकाले निजलाई तत्कालै सुविधा सम्पन्न सघन कक्षमा राखी उपचारको व्यवस्था मिलाउन आग्रह गरिएकोको आयोगका प्रवक्ता डा टीकाराम पोखरेल जानकारी दिनुभयो । आयोगले आमरण अनशनमा बस्दा जीवन जोखिममा पर्न सक्ने भएकाले स्वास्थ्यप्रति गम्भीर हुन आग्रह गरेको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानूनी कारवाहीको माग गर्दै लामो समयदेखि अनशनरत गङ्गा मायाकोे स्वास्थ्य अवस्थाप्रति आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ । गोरखा फुजेलकी गंगामायाका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालिनमा ओवादीहरुले चितवनमा अपहरण गरी २०६१ जेठ २४ गते हत्या गरेका थिए। छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसन बसेकै अवस्थामा गंगामायाका श्रीमान नन्दप्रसाद अधिकारीको ज्यान गएको थियो ।

सम्बन्धित सामग्री

अनसनरत सांसद गौतमको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह – देशसञ्चार

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनसनमा बसेका प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमको माग वार्ताबाट समाधान गरी निजको जीवन रक्षा गर्न सरकारसँग

अनशनरत सांसद गौतमको जीवनरक्षा गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनशनमा बसेका प्रतिनिधिसभा सदस्य सन्जयकुमार गौतमको जीवन रक्षा गर्न र वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सात दिनदेखि आमरण अनशनमा बसेका बर्दिया क्षेत्र नं. १ का सांसद गौतमको स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण गराएको हो । आयोगले अनशनरत स्थलको अनुगमन गर्दा गौतमको शरीरमा […]

अनशनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राजधानीको भुगोलपार्कमा अनशनरत नुवाकोटका श्रीराम घिमिरेको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले घिमिरेको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जीवन अधिकारको रक्षा गर्न र सार्थक वार्ताको माध्यमबाट तत्काल समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेको हो । ‘अनशनरत श्रीराम घिमिरेको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई जीवनको अधिकारको रक्षा गर्न, […]

अनसनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले किसानसँग सम्बन्धित मागहरू राखेर नौ दिनदेखि अनसनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै घिमिरसँग सार्थक वार्ता गर्न र समस्याको समाधान खोज गर्न समेत आग्रह गरेको छ । नुवाकोट ककनीका घिमिरे बैशाख ५ गतेदेखि काठमाडौंको भुगोलपार्कमा आमरण अनसन बसिरहेका छन् ।

अनसनरत तारा बरालको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनसनरत तारा बरालको जीवन रक्ष गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ । आयोगको टोलीले स्थलगत अनुगमन गर्दै अनसनरत बरालको वीर अस्पतालमा उपचार भइरहेकोमा निजको स्वास्थ्य स्थिती थप जटिल अवस्थामा पुगेको आइतबार एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो । आयोगले अनसनरत बरालको जीवन रक्षाको लागि […]

द्वन्द्वपीडितको न्याय प्राप्तिको हक सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्यायको हक सुनिश्चित गर्दै जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारवाहीका लागि माग गर्दै आमरण अनसनमा रहेकी अधिकारीको तत्काल जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । आयोगको वाग्मती प्रदेश कार्यालयले उनको जीवन रक्षाका लागि आवश्यक व्यवस्था र समन्वय गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार

द्वन्द्वपीडितको न्याय प्राप्तिको हक सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्यायको हक सुनिश्चित गर्दै जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारवाहीका लागि माग गर्दै आमरण अनसनमा रहेकी अधिकारीको तत्काल जीवन रक्षा गर्न...

डा. केसीको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

८ माघ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार विज्ञप्ति जारी गरी आयोगले डा. केसीसँग सरकारले पटक पटक गरेको सम्झौताहरुमा गम्भीर हुँदै उनको जीवनरक्षाका लागि हरसम्भव …