नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

फागुन २६, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । कम्पनी र क्यापिटल बिच बुधवार शेयर रजिष्ट्रार नियुक्त गर्ने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा कम्पनीको तर्फबाट सञ्चालक विश्व प्रकाश प्रशाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारशमणि ढकालले हस्ताक्षर गरेका हुन् । कम्पनीको सम्पूर्ण शेयर दाखिला खारेज लगायतका शेयरसँग सम्बन्धीत सबै कार्य अब ग्लोबल आईएमई क्यापिटलमार्फत हुनेछन् । कम्पनीले फागुन ११ देखि १५ गतेसम्म ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्तामध्ये ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि, १२ हजार ७५० कित्ता कर्मचारीका लागि  र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । उक्त आईपीओको बाँडफाँट फागुन २४ गते मंगलवार बाँडफाँट गरेको थियो ।   

सम्बन्धित सामग्री

नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंलाई नियुक्त गरेको हो । अब कम्पनीको शेयर खरीदविक्री तथा अभिलेख सम्बन्धि सम्पूर्ण कार्यहरु ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । कम्पनीले क्यापिटललाई पुनः वर्ष बर्षको लागि शेयर रजिष्ट्रारमा नियूक्त गरेको हो ।

नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लघुवित्त संस्थाको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापीटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । शेयर बाँडफाँड गर्न आयोजित कार्यक्रम मै कम्पनीले  शेयर रजिष्ट्रार नियुक्त गरेको हो  ।शेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौतापत्रमा लघुवित्त संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक विश्व प्रकाश प्रसाँई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।गैर सरकारी लघुवित्त सस्थाको रुपमा क्रियाशिल राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले १८ वर्षसम्म ग्रामीण समुदायमा हासिल गरेको लघुवित्तीय अनुभव र वित्तीय कारोवारलाई ग्रहण गर्दै गत २०७४ चैत्र २८ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकवाट राष्ट्रियस्तरमा घ वर्गको लघुवित्तीय कारोवार गर्न स्वीकृत प्राप्त गरी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पर्वत जिल्ला, कुश्मा नगरपालिका वडा नं. ६ न्यूरोडमा केन्द्रिय कार्यालय राखी देशका १२ जिल्लामा ८८ हजार विपन्न परिवारलाई संस्थामा आवद्ध गरी सेवा प्रवाह गर्दै आई रहेको छ ।लघुवित्त संस्थाको कुल जारी पुँजी २५ करोड ५० लाख मध्ये १७ करोड २१ लाख २५ हजार ८४ जना संस्थापक शेयरधनीबाट चुक्ता भै सकेकोमा वित्तीय संस्थाको बाँकी पुँजी संकलनको लागि प्रति कित्ता अंकित मुल्य रु.१००।– दरको ८,२८,७५० कित्ता शेयर (सामूहिक लगानी कोषलाई संरक्षित गरिएको ४१,४३७ कित्ता तथा निष्कासनकर्ता कम्पनी लघुवित्त संस्थाका कर्मचारीहरुको लागि छुट्टयाइएको १२,७५० कित्ता समेत) मध्ये ७,७४,५६३ कित्ता शेयर सर्वसाधारणमा मिति २०७८÷११÷११ गतेदेखि मिति २०७८÷११÷१५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत् बिक्री खुल्ला गरिएकोमा आवश्यक भन्दा झण्डै ३७ गुणा बढी आवेदन प्राप्त भएको थियो ।कम्पनीको आईपिओ मंगलबार बाँडफाँट भएको छ ।

नेष्डो समृद्ध लघुवित्तको आइपिओ बाँडफाँड

काठमाडौं- नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँडफाँड गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज यहाँ साधारण शेयरको बाँडफाँड गरेको हो ।  कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० […]

अन्तिम दिनसम्म नेष्डो समृद्धको आईपीओमा मागभन्दा ३८ गुणा बढी आवेदन

फागुन १५, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा अन्तिम दिन आइतवारसम्म मागभन्दा ३८ दशमलव ८७ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङका अनुसार आइतवार साँझ ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ जना आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले फागुन ११ गतेदेखि ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । कुल निष्कासनमध्ये १२ हजार ७५० कित्ता कर्मचारीको लागि, ४१ हजार ४३७ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १७ करोड २१ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पछि उक्त पूँजी रू. २५ करोड ५० लाख पुग्नेछ ।

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

फागुन १५, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ ।  कम्पनीको आईपीओमा शुक्रवार बिहान १० बजेसम्म मागभन्दा २७ दशमलव ३८ गुणा बढी आवेदन परेको छ । मागभन्दा बढी आवेदन परिसकेको हुनाले कम्पनीको आईपीओ छिटो अवधिमै बन्द हुन लागेको हो । सिडिएस क्लियरिङका अनुसार उक्त अवधिसम्म १८ लाख १ हजार ९६१ जना आवेदकबाट २ अर्ब १२ करोड १० लाख ८१ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख १० हजार ८१० कित्ताका शेयरको लागि आवेदन परेको हो ।  कम्पनीले गत बुधवारदेखि ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । कुल निष्कासनमध्ये १२ हजार ७५० कित्ता कर्मचारीको लागि, ४१ हजार ४३७ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गरीरहेको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर बीबी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमै दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. १७ करोड २१ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पछि उक्त पूँजी रू. २५ करोड ५० लाख पुग्नेछ ।

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा १४ लाखभन्दा बढीले दिए आवेदन

फागुन १२, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ दोस्रो दिनसम्ममा १४ लाखभन्दा बढी आवेदकले भरेका छन् ।  । सिडिएस क्लियरिङका अनुसार दोस्रो दिन बिहीवार साँझ ५ बजेसम्ममा १४ लाख ७६ हजार ३१३ जना आवेदकबाट १ अर्ब ७४ करोड ४० लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ७४ लाख ४० हजार ९४० कित्ता शेयरको लागि आवेदन परेको छ । कम्पनीले बुधवारदेखि ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । कुल निष्कासनमध्ये १२ हजार ७५० कित्ता कर्मचारीको लागि, ४१ हजार ४३७ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । आईपीओ निष्कासन बन्द मिति छिटोमा फागुन १५ र ढिलामा फागुन २५ गतेसम्म रहेको छ । यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन १५ गते नै यो आईपीओमा आवेदन दिने मिति बन्द हुने देखिन्छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गरीरहेको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर बीबी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमै दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. १७ करोड २१ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पछि उक्त पूँजी रू. २५ करोड ५० लाख पुग्नेछ ।

पहिलो दिनमै नेष्डो समृद्ध लघुवित्तको आईपीओमा मागभन्दा १० गुणा बढी आवेदन

फागुन ११, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै १० दशलमव १५ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङका अनुसार पहिलो दिन बुधवार साँझ ५ बजेसम्ममा ६ लाख ५७ हजार ७५ जना आवेदकबाट ७८ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको ७८ लाख ६८ हजार १५० कित्ताका शेयरको लागि आवेदन परेको हो । कम्पनीले बुधवारदेखि ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । कुल निष्कासनमध्ये १२ हजार ७५० कित्ता कर्मचारीको लागि, ४१ हजार ४३७ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । आईपीओ निष्कासन बन्द मिति छिटोमा फागुन १५ र ढिलामा फागुन २५ गते सम्म रहेको छ । यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन १५ गते नै यो आईपीओमा आवेदन दिने मिति बन्द हुने देखिन्छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गरीरहेको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर बीबी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमै दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. १७ करोड २१ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पछि उक्त पूँजी रू. २५ करोड ५० लाख पुग्नेछ ।

नेष्डो समृद्ध लघुवित्तको आईपीओ फागुन ११ गतेदेखि विक्रीमा

फागुन ४, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आगामी फागुन ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले निष्कासन गर्न लागेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।  कम्पनीको उक्त आईपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन १५ गते नै यो आईपीओ बन्द हुने देखिन्छ ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी - आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर बीबी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

नेष्डो लघुवित्तको आइपिओको बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण समूहमा आइपीओ निष्कासन गर्नका लागि बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ ।वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेतलाई छुट्याएको कुल ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि क्यापिटलसँग सम्झौता भएको हो ।सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश […]

नेष्डो लघुवित्तको आइपिओको बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण समूहमा आइपिओ निष्कासन गर्नका लागि बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएके छ।