नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंलाई नियुक्त गरेको हो । अब कम्पनीको शेयर खरीदविक्री तथा अभिलेख सम्बन्धि सम्पूर्ण कार्यहरु ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । कम्पनीले क्यापिटललाई पुनः वर्ष बर्षको लागि शेयर रजिष्ट्रारमा नियूक्त गरेको हो ।

सम्बन्धित सामग्री

नेष्डो समृद्ध लघुवित्तको आईपीओले पायो इक्राएनपी आर बीबी प्लस रेटिङ

जेठ २३, काठमाडौं । इक्रा नेपालले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई इक्रा एनपी आईआर बीबी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको समयमै दायित्त पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत देखाउँछ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्बन्धी राय मात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन ।  कम्पनीले यसअघि नै आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । कम्पनीले ८ लाख २८ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराएको हो ।  कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन भने दिएको छैन । कम्पनीले चालू आवको तेस्रो त्रैमासम्ममा रू. १९ करोड ५० लाख नाफा कमाएको छ।  गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १७ करोड ६८ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. १७ करोड २१ लाख रहेको छ ।  चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ४६ करोड ६ लाख ६० हजार सञ्चित गरेको छ ।