फागुन १५, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा अन्तिम दिन आइतवारसम्म मागभन्दा ३८ दशमलव ८७ गुणा बढी आवेदन परेको छ ।
सिडिएस क्लियरिङका अनुसार आइतवार साँझ ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ जना आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले फागुन ११ गतेदेखि ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । कुल निष्कासनमध्ये १२ हजार ७५० कित्ता कर्मचारीको लागि, ४१ हजार ४३७ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १७ करोड २१ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पछि उक्त पूँजी रू. २५ करोड ५० लाख पुग्नेछ ।