नेष्डो समृद्ध लघुवित्तको आईपीओ फागुन ११ गतेदेखि विक्रीमा

 फागुन ४, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आगामी फागुन ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले निष्कासन गर्न लागेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।  कम्पनीको उक्त आईपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन १५ गते नै यो आईपीओ बन्द हुने देखिन्छ ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी - आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर बीबी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

सम्बन्धित सामग्री

नेष्डो समृद्ध लघुवित्तको आईपीओ सूचीकृत, सोमवारदेखि कारोबारमा आउने

चैत १३, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २५ लाख ५० हजार कित्ता  आईपओि सूचीकृत भएको हो । अव कम्पनीको शेयर सोमवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू.२६० दशमलव ८४ देखि ७८२  दशलमव ५२ तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले  सर्वसाधारणलाई  निष्कासन गरेको ८ लाख २८ हजार ७५० कित्ता शेयर र संस्थापकतर्फको १७ लाख २१ हजार २५० कित्ता शेयर गरेर कुल २५ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये कम्पनीले १२ हजार ७५० कित्ता शेयर कर्मचारीको लागि, ४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो । उक्त आईपओको बाँडफाँट गत फागुन २४ गते भएको थियो ।   मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गर्दा पहिलो चरणमा ७७ हजार ४५६ जनाले १० कित्ताको दरले शेयर पाएका थिए ।  बाँकी रहेको तीन कित्ता शेयर दोस्रो चरणमा थप तीन जनाले एक र एक कित्ताका दरले बाँडफाँट पाएका थिए ।

नेष्डो समृद्ध लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने

नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबारसम्म बाँडफाँड हुने जनाएको हो । लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पुँजी २५ करोड ७० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख  रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनमा गरेको थियो ।जसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता शेयर सामूहिक लग

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा २६ लाखले दिए आवेदन

१६ फागुन, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निस्कासन (आईपीओ) मा माग भन्दा ३८ गुणा बढी आवेदन परेको छ । आईपीओका लागि आवेदन दिने अन्तिम दिन आइतबार साँझसम्म करिब २६ लाख वटा आवेदन प्राप्त भएको सडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको […]

नेष्डो समृद्ध लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले गत फागुन ११ गतेदेखि संस्थाका कर्मचारी सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता लघुवित्तका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिए

आजदेखि नेष्डो समृद्ध लघुवित्तको आईपीओ विक्रि खुल्ला, सर्वसाधारणको लागि कति ?

काठमाडौं, ११ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ लाख २८ हजार रुपैयाँ बराबरको आईपीओ निस्काशन गरेको छ । संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयर आईपीओ लागि आजदेखि विक्रि खुला भएको हो । आईपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ […]

अर्को लघुवित्तको आईपीओ पनि निष्काशनको लाइन

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशनको तयारी रहेको छ । कम्पनीले यहीँ फागुन ११ गतेदेखि ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।एकसय रुपैयाँ अंकित ८ लाख २८ हजार ७५० कित्ता मध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुनिश्चित गरिएको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५३६ कित्ता सेयरका लागि भने सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन

आईपीओ जारी गर्दै नेष्डो लघुवित्त, कति दिने आवेदन ?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि फागुन ११ देखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ)को बिक्री खुला गर्ने लागेको हो । कम्पनीले निष्कासन गर्ने साधारण शेयरमा कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई र जारी पुँजी (२५ करोड ५० लाख )को ०‍.५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी ...

नेष्डो समृद्ध लघुवित्तको आईपीओ फागुन ११ मा खुल्ने

काठमाडौं : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागु ११ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।प्रतिशेयर एक सयका दरले ८ लाख २८ हजार ७ सय ५० कित्ता मध्ये  १२ हजार ७ सय कित्ता साधारण शेयर कर्मचारीका लागि र ४१ हजार ४ सय ३७ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरी बाँकी रहने ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयर सर्वसाधारणका लागि निस्कासन गर्न लागिएको हो।११ गते खुल्ने शेयर १५ गते बैंकिङ समयपछि बन्द हुने छ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको नाफा घट्यो

मंसिर ५, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण आइतवार  सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३४ प्रतिशतले घटेको छ । कम्पनीले गत आवमा रू.७ करोड ७० लाख नाफा कमाएकोमा चालू आवमा रू. ५ करोड ७ लाखमा झरेको हो ।  चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले र खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा २९ प्रतिशत र सञ्चालन नाफा ३४ प्रतिशत घटेको छ । कम्पनीको चुक्तापूँजी रू. १७ करोड २१ लाख २५ हजार रहेको छ भने जगेडामा रू.४८ करोड ११ लाख १६ हजार सञ्चित रहेको छ । चालू आवमा कम्पनीले रू. ३५ करोड ५१ लाख ६ हजार सापटि लिएर, रू.२ र्ब ३० करोड १४ लाख निक्षेप संकलन गरेर रू. ३ अर्ब ९४ करोड ८८ लाख ९१ हजार कर्जा लगानी गरेको छ । कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको ।  कम्पनीले उक्त परिमाणको आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  यो पनि हेर्नुस् : आईपीओ निष्कासन गर्ने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको कस्तो छ वित्तीय अवस्था ? आईपीओ निष्कासन गर्ने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको नाफा ६६% बढ्यो