१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा सदस्यहरु थप गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै उपसमितिमा १७ जना सदस्यहरु थप भएको जानकारी दिएका हुन् । उनका अनुसार उपसमितिको सदस्य सचिवमा डेनमार्कका पूर्वसभापति एवं पार्टीका महासमिति सदस्य विरेन्द्र सिंह कार्की नियुक्त भएका छन् […]